
डा केसी अान्दाेलन सहि कि गलत ?


आज देशमा स्वास्थ्य छेत्रको विषयलाई लिएर ठुलो आन्दोलन भैरहेको छ ! यो बिषयलाई कतिपय राजनीति दलहरूले समर्थन गरिरहेकाछन् भने , कतिपयले यस्को गलत ब्याख्या गरेर देशमा द्वन्द्व निम्मत्याउने काम गरिरहेकाछन् ! मलाई लाग्छ डा : गोबिन्द के सिको माग सत्य र जाईज छ ! उहाँ डाक्टर भएरपनी राष्ट्रवादी पनि हो , मैलेएति भन्दैगर्दा गलत तर्कहरु आउनपनी सक्छन् तर यथार्थमा भन्ने हो भने यो काम यो बेबस्था र सरकारले गर्नुपर्ने काम हो ! आजको पुस्ता र भोलिआउने पुस्ताको लागि धेरै राम्रो बिषय उठाउनु भएकोछ २ सयमा पाउने औषधि २ हजार लिन्छन् ! २ सय मा नै पाउनुपर्छ भन्ने बिषय जाईज हो ! गरिब जनताको छोरा छोरिले पनि डाक्टर पढ्न पाउनु पर्छ भन्ने बिषय जाईज हो ! जनताले सर्बसुलभ सुबिधा पाउनुपर्छ भन्ने बिषय जाईज हो ! मेरो ब्याक्तिगत सम्बन्ध केही छैन तर आज उहाँको माग जाईज छ ! यो माग पुराभयो भने नेपाली जनताहरु उपचार नपाएर पैसा नभएर कहिलै मर्नुपर्दैन यो धेरै राम्रो कुरा हो ! हस्पिटलहरु सबै राष्ट्रियकरण गर्नुभन्दा पहिला राज्य बेबस्था सहि हुनुपर्छ ! राष्ट्रियकरणको नाउँमा जनतालाई झन दुख दिने काम राम्रो हैन ! राष्ट्रियकरण हुनुपर्छ भन्ने बिषयपनी राम्रो हो तर उहीँ पुरानै तरिकाले चल्ने हो भने राष्ट्रियकरणको कुनै अर्थ हुदैन ! उहीँ समयमै जनताले उपचार नपाउने कर्मचारी समयमा नआउने औषधिम चर्काे मुल्य लगाउने अनि उपचार पाउनुभन्दा धेरै जनताले दुख पाउने , तेसैले सबैभन्दा पहिले राज्यबेबस्था सहि हुन जरुरी छ ! आज देशमा स्वास्थ्य छेत्रको बिषयलाई लिएर आन्दोलन हुदैगर्दा धेरै जनताहरुले दुख भोग्नु परेकोछ कतिपय घटनाहरु दुखद पनि छ , यो आजको दुख र समस्या भोलिको सुबिधा बन्नेछ ! यो आन्दोलन बास्तबमा जनताको हितमा छ ! यस्मा हामी युवाहरूको समर्थन छ !!
( किरण सुनुवार)
नेकपा विप्लव निकट याेंग रेड फोर्स चितवन जिल्ला सचीव )



जा विरामि चाप हुन्छ त्यहा पाे मेडिकल कलेज खाेल्नु पर्छ प्रत्येक बर्ष मेडिकल शिक्षा पढनकाे लागी १८ अर्ब भन्दा बढी पैसा विदेिशिने गरेकाे छ .के सी ले अाफुले काम गर्ने ठाउँ हाड जोर्नी बिभागमा मात्र सुधार गरेर त देखाउन।बिदेशी शक्ती काे ईशारा मा नाचेका छन डा. गोविन्द के.सी हावा भरेको बेलुन जस्तो ।एसाे भन्दा केही मान्छे लाई विश्वाश हुँदैन तर बिस्तारै नेपाली जनता को सामु याे कुराको पर्दाफास हुँदै जान्छ। बिषयकाे म्यानिपुलिटिङ गरेका छन डा. गोविन्द के.सी ले स्वास्थय क्षेत्र त्यस्मा नि मेडिकल शिक्षा राज्यकाे दायित्ज हाे यसकारण सबै मेडिकल कलेज सरकारी करण हुनु पर्छ , अनि बल्ल समाजवादकाे पाहिला सुरू हुन्छ ।
सराेज भन्डारी
केन्द्रिय सद्दस्य अखिल (क्रान्तीकारी) नेकपा
