skip this
  • विविध

    शिवहरीसँग फन्टुस सम्वादः कोमल वलीलाई खोजिदिएँ मिल्दो वर !

  • शिवहरी पौडेल अहिले टेलिभिजन र स्टेजमा जमेका हाँस्य कलाकार हुन् । लामो समय नेपाल टेलिभिजनबाट प्रशारित हाँस्य टेलिश्रृङ्खला ‘जिरे खुर्सानी’मा निर्देशन र अभिनय गरेका पौडेल अहिले टेलिश्रृङ्खला ‘ब्रेकफेल’मा ब्यस्त छन् ।

    उनै कलाकार पौडेलसँग हामीले यसपटक अलिकति फरक कुराकानी गरेका छौं । उनलाई केही काल्पनिक र फन्टुस प्रश्न सोध्यौं, जसले उनले त्यस्तै शैलीमा जवाफ दिए । प्रस्तुत छ, उक्त सवाल–जवाफ:-

    भगवानसँग तीन बरदान माग्नुपर्दा के माग्नुहुन्छ ?

    सबैभन्दा पहिला त नेतालाई सद्बुद्धी देउ भन्छु । जनतालाई पनि अनुशासित बनाउनु जरुरी छ । त्यो पनि माग गर्छु । अन्तिममा म आफैंलाई पनि अनुशासित बनाइदेउ भनेर भन्छु ।

    तपाई प्रधानमन्त्री बन्नुभयो भने उपप्रधानमन्त्री कसलाई बनाउनु हुन्छ ?

    आफ्नै श्रीमतीलाई बनाउँछु नि । अहिलेका नेताभन्दा उनी नै योग्य छिन् ।

    बाटोमा हिँड्दा एक सयको नोट आचीमा लट्पटिएको भेटनुभयो भने ?

    हजार घटी टिप्दिनँ । अहिलेको जमानामा एक सयले के आउँछ र ?

    सरकारले हप्तामा एकदिन नाङ्गै बस्न पर्ने नियम बनायो भने ?

    सबैले नाङ्गै बस्न पर्ने भो भने म पनि बस्दिन्छु । मैले मात्रै आपत्ति जनाउनुपर्ने के छ र ? एक्लै चाँही बस्दिनँ ।

    अर्काको श्रीमतीलाई लिएर साताब्यापी चन्द्रमा भ्रमण गर्नुपर्ने प्याकेजको चिट्ठा तपाईलाई पर्‍यो भने ?

    पहिलोचोटि चन्द्रमा त्यो पनि सित्तैमा जान पाउँदा त आफ्नै श्रीमतीलाई लानुपर्ने हो । तर, अरु कसैको श्रीमती नै लानुपर्ने हो भने फेसबुकतिर सर्च गरेर खोज्छु । भेटिएला ।

    बिहान उठेर ऐना हेर्दा छातीमा स्तन पलाएको देख्नु भो भने ?

    ब्रा किन्न दौडिन्थेँ ।

    मार्क जुगरबर्ग नजन्मिएको भए संसार कस्तो हुन्थ्यो होला ?

    धेरैको घरबार बिग्रनबाट बच्ने थियो ।

    सरकारले तपाईलाई एक साता चुम्मा माफ गरिदियो भने क–कसलाई खानुहुन्छ ?

    घरकालाई चुम्मा खान कसैले नियम बनाउनै परेन । साताव्यापी प्याकेज घोषणा गर्‍यो भने किरण दाई, मदन दाई र हरिवंश दाईलाई चुम्मा गर्छु । महिलाहरुलाई गर्दिन, नत्र घरमा दह्रो भेटिन्छ ।

    कम्युनिष्ट सरकार आएपछि रुन प्रतिबन्ध लाग्यो भने ?

    हाम्रै बजार बढ्छ । झन् गज्जब ।

    तपाई कलाकार नभएर पहलमान भएको भए कोसँग भिड्नुहुन्थ्यो ?

    नेपालको कानूनसँग भिड्थे । सार्‍है फितलो छ हाम्रो मुलुकको कानुन, त्यसैले सजिलै पछार्न सक्छु ।

    नेपालले विश्वकप फुटबलको उपाधि जित्यो भने कसरी सेलिब्रेट गर्नुहुन्छ ?

    केको सेलीब्रेट गर्नु । खुशीले मुर्छै पर्छु होला ।

    कोमल वलीलाई मिल्दो वर को हुन सक्छ ?

    यो उमेरमा फस्र्ट ह्याण्ड पाउन त गार्‍है होला । कताकति भेटिन पनि सक्छन् । बरु हाम्रै किरण दाई (किरण केसी) सँग जोडी मिल्छ ।

    तपाईले दखेको सबैभन्दा हाँसो उठ्दो मान्छे ?

    आज विदा भएका प्रधानमन्त्री जस्तो हाँसो उठ्दो मान्छे मैले अरु देख्या छैन ।

    मरेर भूत हुनु भयो भने कोकोलाई तर्साउनुहुन्थ्यो ?

    फिल्म लाइनमा ६/७ जना छन् तर्साउनुपर्ने, नाम खोल्दिनँ ।

    पशुपतिका बाँदर र तपाईबीच के फरक छ ?

    त्यो हाम्रो पूर्खा हो । पशुपतिको बाँदरसँग हाम्रो इतिहास छ । मसँग बर्तमान छ । म अलि आधुनिक छु ।

    २०७४ फागुन ४ गते १६:३१ मा प्रकाशित (२०७४ फागुन ५ गते ८:५५मा अद्यावधिक गरिएको)

    Grace

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु