skip this
  • खेल

    क्यानडाबाट फर्किए सन्दीप

  • ३० असार, काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने क्यानडामा क्रिकेट खेलेर फर्केका छन् । गत असार १५ गते क्यानडामा आयोजित ग्लोबल टी–ट्वान्टी खेल्न त्यसतर्फ गएका लामिछाने शनिबार बिहान त्रिभुवन विमानस्थल हुँदै स्वदेश फर्केका हुन् ।

    लामिछाने मोन्ट्रियल टाइगर्सबाट खेलमा सहभागिता जनाउन त्यसतर्फ गएका थिए । जुलाई १७ मा फर्किने कार्यक्रम तय भए पनि उनी ३ दिनअगावै फर्केका छन् ।

    अघिपछि लामिछाने विमानस्थल भएर स्वदेश तथा विदेश आउ/जाउ गर्दा  सञ्चारकर्मी तथा शुभेच्छुकको बाक्लो भीड लाग्ने गरेको थियो । तर शनिबार विमानस्थलमा त्यस्तो कुनै दृश्य देखिएन । अघिपछि सञ्चारकर्मीको क्यामेरा तथा प्रश्नको निगरानीमा हुने सन्दीपले शनिबार त्यस्तो केही सामना गर्नु परेन ।

    यो दृश्यले स्वयं सन्दीपसमेत केहीबेर अल्मलिए । उनले खल्तीबाट मोबाइल निकाले र कसैलाई फोन गरे ।

    विमानस्थलमै भेटिएका सन्दीपका फ्यानहरुले भने उनलाई छाडेनन् । मौकाको फाइदा उठाउँदै उनीहरुले विभिन्न पोजमा फोटो खिचाएको दृश्य वरपरकाले रमाइलो मानेर हेरिरहेको देखिन्थ्यो ।

    केही फ्यानहरुसँग तस्वीर खिचाएर उनी गाडी चढेर होटल फर्किए ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु