
बैंक भन्दा विमा उपयुक्त : शाेभाखर अधिकारी


: सर्वप्रथम विमाको अवधारणामा हामीले संसारमा सकारात्मक तथा नकारात्मक घटनाहरु
जहाँकहि पाउछौ । सकारात्मक विषय, बस्तु, घटना सवैको लागि प्रिय हुन्छ । तर नकारात्मक
विषय वस्तु घटना जो कसैको लागि अप्रिय लाग्दछ । नकारात्मक कुराहरुमाथि मानिसको
नियन्त्रण कम हुन्छ । नकारात्मक हुने सम्भावनाले जोखिमको जन्म गराँउदछ । आपत विपतहरु
विभिन्न घटनाहरुबाट आउने हुँदा त्यो जोखीमहरुवाट सुरक्षा प्राप्त गर्नको लागि गरिने
क्षतिपुर्तिको ग्यारेन्टी नै विमा हो । घर, सम्पति, कलकारखाना, गोदाम, पसल, सवारी साधन,
आगजनी, दुर्घटना, भुकम्प, युद्ध, चोरी ,डकैती,मानविय जीवनको मृत्यु आदी कारणवस नाश
हुन सक्ने सम्भावना नै जोखीम हो । मानवीय तथा भौतिक सम्पति सम्वन्धि अनेकानेक
जोखीमहरुको कारण कुनै व्यक्ती संघसँस्थाहरुलाई हुने क्षतिले गर्दा निम्तने भयाभह
परिणामवाट राहतको लागि भरणपोषण पाउने हेतुले वीमा कम्पनी र विमित विच गरिने
सम्झौता नै वीमा हो । प्रतिकुल दुशपरिणामहरुवाट आर्थिक सुरक्षण गरी अनिश्चिततालाई कम
गरी विमितलाई राहत दिने विषयवस्तु वीमा हो । विमाको इतिहास सामुन्द्रीक विमाको रुपमा
बेलायतबाट शूरुहूदै क्रमश आगजनि विमा ,जीवन विमाको रुपमा हामी आज विभिन्न खालका
विमाका प्रकारहरु अहिले पोलिसी बजारमा सेवाको रुपमा खरिद गरी विमित ढुक्क हुने
विषयवस्तु वनेको छ विमा ।
: जीवन र वीमा विषय दुई शब्द एक आपसमा मिलेर जीवन वीमा भएको हो । जीवन भन्नाले
मानवीय जीवन र वीमा भन्नाले सम्भावीत क्षती विरुद्धको सुरक्षण भन्ने बुझिन्छ । यसर्थ
मानवीय जीवनको सम्भावीत क्षती विरुद्र गरिने सम्झौता नै जीवन वीमा हो । हाल जीवन
वीमा विशेषत जोखिमको हस्तान्तरण, वचत तथा लगानीको लागी महत्वपूर्ण छ । जीवनमा
हुन सक्ने विरामी ,दुर्घटना ,आयुको कारण मानिसको मृत्युको सम्भावनाका कारण क्षति हुने
कुरालाई जीवन वीमाले कुनै ब्यक्तिको जोखीम हस्तान्तरण वीमा कम्पनीमा गरी कुनै वखत
मानवीय क्षती हुदाँ भरण पोषण आश्रीत परिवारलाई गर्ने व्यवस्था गरिएको हुन्छ । त्यस्तै यदि
जीवन वीमामा लगानी गरिएको रकम सम्भावीत क्षती नभएपनि अन्त्यमा लगानी गरीएको
रकम खेर जादैन र वचतको रुपमा जम्मा रहन्छ । पछि वोनस सहित विमितलाई हस्तान्तरण
गरी लगानीको रुपमा पनि जिवन वीमा महत्वपूर्ण छ । त्यस्तै कुनै अवधिभित्र जीवन वीमा
वाट कर सहुलियत लिन सक्ने व्यवस्था सहित आयकर ऐनमा भएकोव्यवस्थाले गर्दा आजकल
आम जनमानसमा जीवन वीमाको महत्व वढेको छ । जीवन वीमा हरेक व्यक्तिको पारिवारिक
आर्थिक सुरक्षाको लागि जरुरी हुन्छ , एउटा परिवारको मुख्य मानिस जसमा परिवारको दैनिकी
सञ्चालनको निर्भरता हुन्छ । उसको अभावमा परिवारलाई पर्न सक्ने आर्थिक अभावलाई
तत्कालीन राहतको ब्यवस्थाका लागि जिवन वीमा प्रचलीत छ । जीवन वीमाले कुनै व्यक्ति
जिउदो हुँदा मुनाफा विमितले पाउँछन् । अकालमा मृत्यु हुदाँ क्षतिपुर्ति विमितको परिवारले
पाउँछ । दुर्घटना वस अशक्त हुँदा राहात भत्ता विमितले पाउँछ विचमा ऋण सुविधा विमितले
पाउँछ यसरी जीवन वीमा एक व्यक्तिलाई सुरक्षा कवचको रुपमा सुरक्षा गरेको हुन्छ । जीवन
वीमा आर्थिक संरक्षणको साधन हो । यसमा डवल मुनाफा सहित पाउने भएकोले एक उत्कृष्ट
लगानीको विषय पनि हो । जीवन वीमाले वचत गर्ने वानीको विकास गराउछ । आज प्रसिद्ध
लगानीकर्ता तथा अमेरिकन महान ब्यवसायिक बिद्धान वारेन वफेटको सिद्धान्त अनुसार
आम्दानी गरेपछि बचत गरेर मात्र खर्च गरेर वचतको महत्वलाई दर्शाइएको छ जवकी हामी
आम्दानी बाट खर्च घटाएर मात्र वचतको रुपमा परम्परागत ब्यवसायीक तरिकाले लगानी ,
आम्दानी,खर्चको ब्यवस्थापन गरेका छौ जुन अवैज्ञानिक मानिन्छ । यसले फजुल खर्चलाई
कटौति गरि आफु र आफ्नो भविष्यकालागि अनिवार्य वचतको विषय जीवन वीमामा लगानी
गरेको रकम हुन्छ । यसर्थ जीवन विमा वचतको विषय अथवा जीवन वीमामा वचतको लागी
पनि उत्तिकै महत्वपूर्ण छ । जीवन वीमाले आत्मसन्तुष्टीलेजिउनको लागी प्रेरणा दिने गरेका
कारण हाल सरकारले आयकरमा छुटको व्याख्या गरेको छ । करमा छुटको व्यवस्थाले पनि
जीवन वीमा एक पवित्र कार्य हो भन्ने प्रष्ट हुन्छ । किन भने आज जिवन वीमा अँगालेका
परिवारले गा¥हो साहो पर्दाका वखत जीवन वीमामा वचत गरीएको रकम काम लाग्छ र
जीवन वीमा कोषमा जम्मा भएको रकम राष्ट्रिय पुजीँ वन्ने र त्यो राष्ट्रिय गौरवका
आयोजनाहरुमा लगानी हुदाँ राष्ट्र निर्माणमा तपाईले गरेको जीवन वीमाको लगानीको प्रयोग
हुने हुदाँ यसले समग्र अर्थतन्त्रलाई चलायमान वनाउन अहम भुमिका खेल्दछ । जीवन वीमा
भन्ने विषयले मानिसलाई धनि वनाउने काम नगरे पनि एउटा मुख्य मानिसको अभावमा त्यो
परिवारलाई गरिव हुनवाट जोगाउछ । त्यसकारण जीवन वीमा एक कल्याणकारी योजना हो ।
ब्यवसायिक ब्यक्तिहरुका लागि पनि अरुलाइ जस्तै आफ्नो सुरक्षा ,बचतको अलवा जीवन
बीमा अर्थतन्त्र कठिन अवस्थामा पुग्दा ,राष्ट्र बैङ्क द्धारा लगानीका नियन्त्रण गर्दा जीवन बीमा
बाट सहज ऋण लिएर ब्यवसायलाइ सहजता प्रदान गरेको पनि पाइन्छ ।
१. जिवित हुदाँ पाउने परिपक्कता लाभ
यसका मुख्यतया पाइनेफाइदाहरु ः
२. मृत्यु हुदाँ मृत्यु लाभ
३. अशक्त हुदाँ पाउने अशक्त भत्ता
४. ऋण सुविधा
५. कर सहुलीयत
६. अनिवार्य वचत तथा उत्कृष्ट लगानी जस्तै धेरै फाईदाहरु हुन्छन्।
जीवन बीमा विषयवस्तु आग्रहको बिषयबस्तु हो किनभने मानिस आफु जन्मेको आफुलाइ थाहा
हुदैन अनि आफ्नो मृत्यु भएमा के के होला परिवारलाइ कतिको भौतिक तथा आर्थिक अभाव हुन्छ
कमैले मात्र महसुस गरेका हुन्छन् ।तर्सथ पनि यो यर्थाथ हो की मानिसको जन्मसगै मृत्यु पनि
अवश्यभावि छ ।हामी कति अकाटय विषयप्रति अनभिज्ञतापुर्वक बाचिरहन सक्छौ ।जस्तोकी एक
जनाको आम्दानीको भरमा हामीले ठूला ठूला आयोजना,घर,आवाश,सम्पत्तिहरु ऋणमा खरीद,निमार्ण
गरेका हुन्छौ । यदि त्यो आम्दानी गर्ने ब्यक्तिको जीवन विमा गरिएको भएमा आकस्मात त्यो
ब्यक्तिको निधनले त्यस्ता सम्पत्तिहरु बेचविखन नगरिकन बाँचेका परिवारजनले सर्घ्रष गरि
जिवीकोपार्जन गर्न हिम्मत जुटाउन विमाको रकम थोरै भएपनि फलदायि हुन्छ । हामी यी यस्ता
कुरा बुझनबाट अथवा सत्यताबाट भागिरहेका हुन्छौ तर जुन सत्यलाइ अटेर गरेर हामी
भागिरहेका हुन्छौ कहिलेकाँही त्यहि सत्यले हामी र हाम्रो परिवारलाइ अपनाउन पर्ने सजगता
नअपनाउदा नराम्रोसँग आर्थिक समस्यामा आफ्नो परिवारलाइ अन्जानबश पारेका हुन्छौ । कतिपय
बुद्धिजीवीहरु प्निूमरेपछि डुमै राजा ूभन्ने उक्ति भनेर यथार्थबाट भाग्न खोजेको पाइन्छ जुन
विडम्बना हो किनकी म मरेपछि मेरो बच्चा सडकमा जानुपर्ने र परिवार भए गरेको घरजग्गा
कलकारखाना बेचेर अन्यत्र बसाइसराइ हुनुपर्ने अवस्था आएको कल्पना पनि गर्न नसक्ने विषय
प्रति हामी सचेत हुनुपर्छ । बाचुन्जेल खान र लगाउनका लागि मात्र तपाइले यति धेरै दुख
गरिएको हुदैन । यर्सथ जनमानसमा हाम्रो आग्रह यो हो की जीवनमा हुनसक्ने अनि दूःखदायी क्षण
मृत्युलाइ पनि जिवन बीमाको माध्यमबाट योजनामा समेट्नुस,यदि तपाइले सबैभन्दा दुःखदायी
घट्ना घट्दाको लागि आफ्नो सुरक्षा गर्नुभएको छ भने सुःखमा तपाइको सोचनै तपाइको
सन्तुष्टीको मुस्कानको मुहान हुनसक्छ । आफु रहे या नरहे पनि आफ्नो परिवारको समृद्धिका
लागि जीवन बीमा एक सुरक्षा कवच हुन्छ । यसतर्फ आग्रह गर्दै बचत,लगानी र सूरक्षाको लागि
एक मात्र विकल्प रहित योजना नै जीवन बिमा हो । जीवन बीमालाइ आम जनचेतनाको रुपमा
विमा शिक्षा दिनु पर्दछ ।जीवन बीमाका फाइदाहरु घरघरमा पुर्याउनु एक उपाय हो भने एक दक्ष
अभिकर्ताको समग्र ब्यबहारनै समाधानकर्ता,सहजकर्ता,समाजसेवीको रुपमा गर्दै हामी जस्तै
ब्यवसायिक अभिकर्ताहरु मार्फत जीवन बीमाको सेवा लिनको लागि आग्रह गदछौ किनभने आज
एकदिनको रहरले लाग्ने अभिकर्ता यदि रोजियो भने उस्ले जीवन विमाका सम्पुर्ण मर्म नबुझिकन
बीमा गराएर बीमीत लाइ छाडिदिदा त्यो बीमितको मृत्यु हूदा परिवारजनले भुक्तानीका विषय
बस्तु नबुझनाले अभिकर्ताले दिनुपर्ने सेवा आफै गर्न बाध्यहुन्छन त्यसले पिडित परिवारमा दःख
समस्या हुन सक्छ त्यो जीवन बीमाको विषयमा जनमानसमा नकरात्मक सन्देश दिने खालको
घटना हुन सुक्छ ।हरेक ब्यवसायमा जस्तै यो क्षेत्रमा काम गरिरहेको पेशागत अभिकर्ता रोजिएन
भने समस्या हुन सक्छ किनकी जीवन विमा गराउन अभिैकर्तालाइ मात्र लाइसेन्स दिइएको हुन्छ ।
जीवन बीमा गराउदा एक कुशल अभिकर्ताको छनोट गरि सेवा पाउनुपनि जीवन विमाको आर्कषण
हो ।
यति फाइदा हुदा हुदै जीवन बीमाप्रति मानिसको आर्कषण किन कम छ त
अन्तमा हरेक उधोग ब्यवसाय कलकारखाना यातायात सम्बन्धि हरेक ब्यापारको लागि
बीमा,बैङ्क नभइकन ब्यवसायको शुरुवात हुदैन त्यस्तै गरि एक सफल ब्यक्तिको लागि जीवन बीमा
पनि अति आवश्यक सूरक्षा कवच ,बचत,लगानीको एक महत्वपूर्ण साधन हो । जस्ले उस्को
परिवारको सूरक्षा मात्र होइन राष्ट्र निर्माणमा पुँजी निर्माण गरि योगदान गरि देश विकासमा
महत्वपुर्ण टेवा पुर्याएको हुन्छ । जीवन बीमा कुनै ब्यक्तिलाइ धनि बनाउने साधन होइन तर
असहज दुखद अवस्थामा पारिवारिक अवस्थालाइ नाजुक हुनबाट जोगाउने एक योजना हो ।
मानिसको जन्म सगै सगै मृत्यु अवस्य हुन्छ हामी कसैको दुखद अवसानमा कठै भन्छौ तर मेरो
पनि यस्तो अवस्था आउन सक्छ भनेर जीवन बीमा अगाल्नुपर्छ भन्ने सचेतना पक्कै अपनाउनु पर्छ
।
जीवन बीमा
शोभाखर अधिकारी
सहायक प्राध्यापक, सप्तगण्डकी बहुमुखी क्याम्पस, भरतपुर चितवन ।
तथा एजेन्सी म्यानेजर,लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लि.


