
गोली लागेर घाईते भएका सुनारलाई उपप्रमुख शाहले भेटिन्



भरतपुर महानगरपालिकाकी उपप्रमुख पार्वती शाह ठकुरीले बुधबार भएको तीन पाँग्रे सवारी चालकहरुको आन्दोलनमा परि घाईते भएका महेन्द्र सुनारको स्वास्थ्य अबस्थाबारे जानकारी लिएकी छिन् । विहीबार भरतपुरमा रहेको एलाईभ अस्पतालमा पुगी घाईतेको अबस्थाबारे उपप्रमुख शाहले स्वास्थ्य अवस्था बारे जानकारी लिएकी हुन् ।
तीन पाँग्रे सवारीका आन्दोलनका क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा सुनारलाई प्रहरीले चलाएको गोली लागेको थियो । खुट्टामा गोली लागेका सुनारको अबस्था बारे जानकारी लिन पुगेकी शाहले स्वास्थ्यलाभका कामना गर्दै उपचारमा महानगरले पूर्णरुपमा सहयोग गर्ने प्रतिवद्धता जनाईन् ।


