skip this
  • फिचर

    कांग्रेसको रहरले होइन, सरकार आफैँले आन्दोलनको निम्ता दियो: कांग्रेस सभापति देउवा

  • चितवन, साउन १२

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आन्दोलन कांग्रेसको रहर नभए पनि सरकार आफैँले निम्तो दिएको बताएका छन् ।

    कांग्रेस निकट कानुन व्यवसायीहरुको संगठन नेपाल डेमोक्रर्यािटक लयर्स एशोसियसनको १० औं राष्ट्रिय महाधिवेशनको उद्घाटन शत्रलाई गैँडाकोटमा सम्बोधन गर्दै सरकारका एकपछि अर्का कदम र निर्णयले आन्दोलन गर्नु परेको बताएका हुन् । देउवाले भने, ‘मैले प्रधानमन्त्री केपी ओलीलाई पनि भेटेर भनेको छु, कन्र्फन्टेसनमा जाने हो कि मिलेर जाने ?’

    कम्युनिस्टहरु स्वभावले नै प्रजातान्त्रिक हुन नसक्ने भन्दै उनले सरकार अधिनायकवादतर्फ जान खोजेको टिप्पणी गरे । ‘कम्युनिस्टहरुको सरकार अधिनायकवादतिर जान खोज्छ, प्रयास गरिरहेको छ’ सभापति देउवाले भने, ‘हामी त्यसलाई संविधान र कानुनमा टेकेर रोक्ने प्रयास गर्दैछौं ।’

    उनले गएको संघ र प्रदेशको निर्वाचनमा कांग्रेसभित्रको अन्र्तघातका कारण पार्टी पराजित भएको बताए । ‘कम्युनिस्टहरु दुई पार्टी एक भए, हामी भने दुई पार्टी झै भयौं’ देउवाले भने, ‘अन्तरघातका कारण २५ देखि ३० सिटसम्म हारेका छौं । हचुवाको भरमा भनेको हैन, तथ्याङकले त्यही बताउँछ ।’ अन्तरघातको रोग नहटेसम्म कांग्रेस पछाडि परिरहने उनले बताए । कार्यक्रममा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिस्ट अधिनायकवादसँग लड्न कांग्रेस बलियो र एकढिक्का हुनुपर्ने बताए ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु