
मोबाइलमा म्युजिकल्ली


असार २१, २०७५



हिजोआज जताततै म्युजिकल्लीको चर्चा छ । म्युजिकल्ली एक प्रकारको एप हो । यसमा कुनै रेकर्डेड भिडियोको तालमा ओठमा ओठ मिलाएर हाउभाउ देखाउन मिल्छ । यसमा विशेष गरी युवतीहरूको आकर्षण देखिन्छ ।हाल सञ्चारकर्मी रवि लामिछाने, गायिका तथा मोडल तिर्सना बुढाथोकी, पत्रकार ऋषि धमला, धमला पत्नी एलिजा उप्रेती आदि म्युजिकल्ली एपमा निकै चर्चामा छन् । यीबाहेक धेरै कलाकार समेत यसमा अटाएका छन् ।
म्युजिकल्ली एपमा १५ सेकेन्डसम्मका भिडियो रेकर्ड गर्न मिल्छ । सन् २०१६ को जुलाई सम्म यसका ९ करोड प्रयोगकर्ता रहेकोमा हाल २० करोड भन्दा बढी छन् । म्युजिकल्ली एक प्रकारको सामाजिक भिडियो सञ्जाल एप हो । यसको निर्माण चीनमा सन् २०१४ मा भएको थियो