skip this
  • चितवन विशेष

    यातायात बन्दकाे पुर्व सन्ध्यामा अटाे मजदुरकाे मसाल जुलुस , बिप्लव नेकपाकाे समर्थन

  • चितवन,भरतपुर

    मजदुरका नेताले धाेका गरेकाे अाराेप व्यावसायी तथा अटाे चालकले लगाएका छन । यसकारण पुन अान्दाेलन चर्काउने पक्षमा मजदुर रहेकाे खुल्न अाएकाे छ । प्रहरी सँग बुझदा चाेक चाेकमा प्रहरी तैनाथ गरिएकाे हुँदा कुनै पनी घटना भए तत्काल एक्सनमा उत्रने जनाएका छन । यस अवस्थामा महानगरमा फेरी तनाव हुने हाेकी भन्ने अाशंका गरिएकाे छ । घटना पश्चात महानगर उप प्रमुखकाे समेतकाे सहभागीतामा भएकाे वार्ता मार्फत अान्दाेनका सबै कार्यक्रम स्तगित भएका थिए ।तर पछिल्लाे विज्ञप्ती अनुसार साउन १४ गते भाेलि यातयात वन्दकाे अाह्वान अटाे मजदुर हरूले गरेका छन  ,भोलि कोयातायात बन्दमा दुध , एम्बुलेन्स, शैक्षिक क्षेत्र का यातायात भने संचालन हुनेछन ।  विज्ञप्ती मजदुर नेता पुरन रार्इ मार्फत प्राप्त भएकाे हाे   बुधवार साँझ भएकाे वार्तामा  निर्णय नं. ३ मा प्रस्ट सँग लेखिएकाे छ महानगरकै निर्णय लागु हुने कुरा उल्लेख भएकाे थियाे ।

    यसै बिच वन्दकाे पुर्व सन्ध्यामा अटाे मजदुर हरूले मसाल जुलुस गरेकाे छ । मसाल जुलुस विशाल चाेक सम्म गरेकाे युवा नेता किरण सुनुवारले बताए मजदुरकाे अान्दाेलन लार्इ विप्लव नेतृत्व नेपाल कम्युनिस्ट पार्टी चितवनका सेक्रेटरी क . ध्रुव खड्काले श्रमजीवी मजदुरहरुलाई गरेको दमनको विरुद्ध र श्रमजीवी मजदुरहरुको हकअधिकार न्यायको पक्षमा बुझी  सम्पुर्ण नेताकार्यकर्ता हरुमा मजदुर आन्दोलनमा साथ समर्थन र सहयोग गरिदिन अनुरोध ब्याक्त गर्नुभएको छ !!

    विज्ञप्ती

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु