skip this
  • फिचर

    मेयर रेनु दाहाल लार्इ ज्ञापन पत्र

  •  

    चितवन, १३ साउन ।
    मोहन बैद्य किरण नेतृत्वको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले भरतपुर महानगरपालिकामा ज्ञापन पत्र बुझाएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ले आज भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल समक्ष ज्ञापन पत्र बुझाएको हो । शिक्षा, स्वास्थ्य लगाएतका बिभिन्न ३७ बुँदा समेटिएको ज्ञापन पत्रमा शिक्षा क्षेत्रलाई राज्यको दायित्वभित्र राखिनुपर्ने, दोहोरो शिक्षा प्रणाली खारेज गर्नुपर्ने, शिक्षा क्षेत्रमा भईरहेको निजिकरण, व्यापारिकरण, माफियाकरण र विदेशिकरणको अन्त्य गर्नुपर्ने, अनिवार्य नि:शुल्क र गुणस्तरिय शिक्षा हासिल गर्न पाउने शैक्षिक अधिकारको सुनिश्चित हुनुपर्ने लगाएतका मागहरु समावेश गरिएको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) का अध्यक्ष कृष्ण सुनारले जानकारी दिनुभयो ।

    Image may contain: 4 people, people sitting

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु