
रामपुरकाे निजि सम्बन्धन खारेज (भिडियाे सहित) यस्ताे थियाे रामपुर अान्दाेलनकाे यथार्थता


सुसन पाैडेल,चितवन
केही दिन अगि मात्र निजि सम्बन्धन दिएकाे वन तथा विज्ञान विश्वविधालय रामपुरले व्यापक विराेध पश्चात सम्बन्धन खारेज गर्न वाध्य भएकाे विधार्थी नेता अखिल (क्रान्तिकारी) पुर्व केन्द्रय सचिव प्रकाश कडेल ले बताएका छन । राष्ट्रीय स्तर कै मुद्दा बनेको निजि सम्बन्धन खारेजी को लागी संयुक्त विधार्थी रामपुर इकार्इले विभिन्न चरणकाे अान्दाेलन गर्दै अाएकाे थियाे ।
कृषि तथा बन बिश्वबिधालय रामपुरले बाडेको ८ निजि कलेजको सम्बन्धन मन्त्रिपरिषद्ले खारेज गरेको तथा उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोगले नयाँ नक्साकंन नगरुन्जेल अन्य बिश्वबिधालयहरुले पनि तत्काल कुनै प्रकार का संबन्धन बाड्न रोक लगाईएको आयोगको शिक्षा मन्त्रालयमा जारी पहिलो बैठकलाइ सम्बोधन गर्दै शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले जानाकारी दिनु भएको छ ।



उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोगको पहिलो बैठकलाइ सम्बोधन गर्नुहुदै शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल ….
Publicado por Sunil Khadka en Martes, 31 de julio de 2018

निजी कलेजलाई दिएको सम्बन्धन खारेज गरिनुपर्ने, विश्वविद्यालय तथा कलेज नियमन गर्न शक्तिशाली कृषि परिषद् गठन गर्नुपर्ने र कृषि शिक्षा ऐन ल्याउनुपर्ने आन्दोलनरत पक्षको माग थियो ।
विद्यार्थीले २०७४ भदौ २ मा भएको सहमतिअनुसार नै विश्वविद्यालय अघि बढ्नुपर्ने बताउँदै आएका थिए । त्यसबेला १० कलेजलाई सम्बन्धन दिन खोजिएकोमा विश्वविद्यालय पछि हटेको थियो । सातै प्रदेशमा आंगिक कलेज खोल्न छाडेर विश्वविद्यालयले मापदण्ड नै नपुगेका निजी कलेजलाई सम्बन्धन दिएपछि विवाद भएको हो । सम्बन्धन पाएका निजी कलेजमा आवश्यकताअनुसार भौतिक र शैक्षिक पूर्वाधार नभएको आन्दोलनरत पक्षले बताएका थिए ।