skip this
  • चितवन विशेष

    देशकै ठुलो नारायणी यातायात ब्यवसायी संघ कम्पनीमा दर्ता भयो

  • देशकै सबैभन्दा ठुलो यातायात संघको रुपमा रहेको नारायणी यातायात ब्यवसायी संघ कम्पनीमा दर्ता भएको छ । सरकारले अषाढ मसान्तदेखि नविकरण नगर्ने निर्णय गरेपछि नारायणी यातायात व्यवसायी संघ अन्ततस् मुनाफा नबाँड्ने संस्थाको रुपमा कम्पनीमा दर्ता भएको हो ।

    कम्पनी रजिस्टार कार्यालयमा कम्पनी ऐन २०६३ को दफा ५ को उपदफा १ बमोजिम नारायणी संघ हेटौँडा दर्ता गरिएको तत्कालिन नारायणी यातायात व्यवसायी संघका अध्यक्ष हिरालाल श्रेष्ठले बताउनुभयो ।

    शुक्रबार संघको कार्यालयमा यातयात ब्यबसायीहरुको भेलामा आयोजित कार्यक्रममा संघमा आवद्ध २६ जनाको कार्य समिति नै सञ्चालक समिति रहने गरी संघ दर्ता गरिएको उहाँले बताउनुभयो ।

    नाफारहित संस्थाको रुपमा बिकास गर्ने र पहिलेको जस्तै सामाजिक संस्थाको रुपमा अगाडी बढाइने तत्कालिन संघका महासचिव सरोज खनालले बताउनुभयो । एक अध्यक्षसहित २६ जना सञ्चालक सदस्य रहने र संघको वार्षिक साधारण सभाको निर्णयबाट नयाँ सञ्चालक समिति गठन गर्ने खनालले बताउनु भयो ।

    कम्पनी रजिस्टारको कार्यालयमा गत असार २६ गते संघ दर्ता गरिएको खनालले बताउनुभयो । संघले यातायात व्यवसायीको विकास तथा प्रवर्द्धन गर्दै यातायात व्यवसायमा लागेका व्यवसायीहरु, व्यक्तिहरु, संस्थाहरु, कम्पनीहरुको सामुहिक हकहितको संरक्षण गर्ने मुख्य उद्देश्य रहेको तत्कालिन महासचिव खनालले बताउनुभयो । सरकारले सिन्डिकेट हटाउन भन्दै सबै यातायात ब्यवसायी संघको नविकरण रोकेर कम्पनीमा दर्ता गर्नुपर्ने नीति लिएको थियो ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु