skip this
  • चितवन विशेष

    कांग्रेस लाइ काउन्टर , नेकपा युवा ताते मेडिकल शिक्षालाई पूर्णतया राष्ट्रिकरण गर्न

  •  चितवन, साउन ६-

    नेकपा निकट विद्यार्थीहरुको समूह प्रगतिशील युवा समूह चितवनले मेडिकल शिक्षामा देखिएका विकृति र विसंगतिको अन्त्यको लागि मेडिकल शिक्षालाई पूर्णतया राष्ट्रिकरण गर्न माग गरेको छ ।

    समूहले आइतबार भरतपुरमा गरेको पत्रकार सम्मेलनमा सो माग गरिएको हो । नेपालको संविधानमा देश समाजवाद उन्मुख बनाइने भनेर उल्लेख गरेकोले पनि शिक्षा–स्वास्थ्य जस्ता आधारभूत विषयहरु राज्य नियन्त्रित बनाइनुपर्ने युवाहरुको माग रहेको छ । उनीहरुले डा. गोविन्द केसीलाई उचालेर केही सीमित व्यक्तिहरुले निजीकरणको नाममा मेडिकल शिक्षामा सिन्डिकेट गर्न खोजेको आरोप लगाए । उनीहरुले नेपालको मेडिकल शिक्षालाई निजीकरण गरेर ८ वटा मेडिकल कलेजलाई सम्बन्धन दिने काम पूर्वउपकुलपति केदारभक्त माथेमाले गरेको आरोप पनि लगाएका छन् ।

    पत्रकार सम्मेलनको अध्यक्षता गरेका चितवनका युवा नेता ऋषि रेग्मीले शिक्षा र स्वास्थ्यमा पूर्णतया निजीकरण गर्न असम्भव नरहेको बताए । उनले भने, ‘नेपालका सम्पूर्ण मेडिकल कलेजहरु सरकारी जग्गामा रहेकोले पनि यो कुरा सजिलो रहेको बताए ।’ उनले नयाँ मेडिकल कलेज खोल्न नपाउने भनेर मेडिकल माफियाहरुले यस क्षेत्रमा सिन्डिकेट लाद्न खोजेको आरोप लगाए । उनले भने, ‘ हाम्रो अभियानको उद्देश्य डा केसीको विरोध गर्ने नभई उनले पनि हाम्रो राष्ट्रियकरणको मागलाई साथ दिनुपर्छ ।’ प्रगतिशील युवा समूहले सोमबार ४ः ३० बजे भरतपुरको चौबिसकोठीमा राष्ट्रियकरणको माग गर्दै जनपदर्शन गर्ने पनि जनाएको छ ।

     

     

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु