skip this
  • नेपाल सेरोफेरो

    आकाशे पानी कुर्दै चितवनका किसान, अहिलेसम्म ६५ प्रतिशत मात्र रोपाइँ

  • चितवन, साउन ६- साउन लागेपछि पर्याप्त बर्षात् हुन नसकेकोले चितवनमा जम्मा ६५ प्रतिशत मात्र रोपाइँ सकिएको छ ।

    जिल्ला कृषि विकास कार्यालय चितवनका प्रमुख सुधीर श्रेष्ठले साउन लागे पछि पर्याप्त पानी नपरेकोले चितवनमा यस हप्तासम्म जम्मा ६५ प्रतिशतमात्र धान रोपाइँ सकिएको बताए । उनले गत वर्षको तुलनामा मनसुन सक्रिय नभएकोले चितवनमा रोपाइँ केही ढिला भएको प्रतिक्रिया दिए ।

     

    भरतपुर महानगरपालिका–१५ श्रीपुरका अगुवा धान कृषक चन्द्रप्रसाद अधिकारीले यस वर्षको रोपाइँ सक्न अझै केही दिन लाग्ने जानकारी दिए । उनले भरतपुर १५ वडामा अझै १५० बिघाभन्दा धेरै खेत रोप्न बाँकी रहेको बताए । आकाशे पानी पर्याप्त नपर्दा र नारायणी लिफ्टको पानी पनि ढिलो वितरण भएकोले रोपाइँमा समस्या आएको जनाए ।  त्यस्तै, भरतपुर महानगरपालिका–१४ पटिहानीका कृषक उमनाथ पौडेलले पनि आकाशे पानी नपर्दा पटिहानी फाँटमा अझै धेरै बिघा जग्गामा धान रोप्न बाँकी रहेको बताए ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु