skip this
  • फिचर

    चितवनमा शैक्षिक परामर्श मेलाको आयोजना हुने

  • एजुकेशन एन्ड माइग्रेशन कर्नरले भरतपुर गार्डेन रिर्साेटमा भाद्र ४ गते उच्च शिक्षा अध्यनका लागि अस्ट्रेलिया जान चाहने नेपाली विद्यार्थीहरुलाई लक्षित गर्दै निःशुल्क शैक्षिक परामर्श मेलाको आयोजना गर्न लागेको छ ।
    सो मेलमा अष्ट्रेलियाका १५ भन्दा बढी युनिभर्सिटी तथा कलेजहरुको उपस्थिती रहने छ । साथै मेलामा राष्ट्रिय स्टरका कलाकारहले सास्किर्तिक प्रस्तुती पनि गर्नेछन । साथै नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहले आफ्ना संघर्शका कथाहरुबाट विद्यार्थीहरुलाई उत्पेरित गर्नेछिन ।

    अस्ट्रेलियामा नेपाली विद्यार्थीहरुका निकै चाप बढेको छ । नेपाली विद्यार्थीहरुका लागि प्रमुख गन्तव्य बनेको अस्ट्रेलियामा गई के पढने, कसरी विद्यार्थी जिवनलाई अगाडि बढाउने, कस्ता–कस्ता विषय महत्वपूर्ण छन् भन्ने विषयमा ज्ञान नुहँंदा धेरै विद्यार्थीहरु मर्कामा पर्ने गरेका छन् । यही समस्यालाई मध्यनजर गर्दै विद्यार्थीहरुको उच्च अध्यनका संभावना, कठिनाइ र भबिष्यको स्थायीत्वको विषयमा समेत महत्वपूर्ण सुझाब प्रदान गर्ने गरी शैक्षिक परामर्श मेला आयोजना गर्न लागिएको उप्रेतीले बताए ।

    छोराछोरी विदेश पढ्न पठाउने अभिभावकले पनि अष्ट्रेलियाको विषयमा जान्न र बुझ्न आवश्यक भएकोले सेमिनारहरुमा अभिभावकको उपस्थिति पनि महत्वपूर्ण रहने निर्देशक सुनिल उप्रेतीले बताए ।

    उप्रेतीले सेमिनारमा अस्ट्रेलियाका कलेज र विश्वविद्यालयका प्रतिनिधीहरुसँंग समेत सिधा कुरा गर्न सकिने र प्रकृया अगाडि बढीसकेपछि निःशुल्क बारिस्टा लातिम दिइने बताए । त्यस बाहेक सेमिनारमा ब्रान्ड एम्बेसडर चर्चित नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह र उत्प्रेरक सुदन ज्ञवालीले कसरी सफल योजना बुन्ने विषयमा अनुभव आदानप्रदान गर्ने कार्यक्रम रहेको निर्देशक उप्रेतीले जानकारी दिए । सेमिनारमा सहभागिहरुलाई विभिन्न आकर्षक उपहारको ब्यवस्था समेत गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु