
आखिर किन छाडे मेस्सीले अर्जेन्टिनाको टिम


अर्जेन्टिनाका स्टार फुटबल खलाडी लियोनल मेस्सीले अर्जेन्टिनाबाट अन्तर्राष्ट्रिय
फुटबल नखेल्ने निर्णय गरेका छन् । तर यसलाई उनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको भने मान्न नसकिने बताइएको छ । अर्को महिना ग्वाँटेमाला र कोलम्बियामा हुने मैत्रीपूर्ण खेलमा भने मेस्सी खेल्ने छैनन् ।
अर्जेन्टिनाका पूर्व खेलाडी कार्लोस टेभजले मेस्सीको पछिल्लो निर्णयबाट आफू आश्चर्यमा नपरेको प्रतिक्रिया दिएका छन् । मेस्सीले रेस्टका लागि यस्तो निर्णय गरेको हुन सक्ने उनले बताए ।
मेस्सीले यसअघि पनि सन्यासको घोषणा गर्दै फेरि टिममा पटक पटक फर्र्किएकाले धेरैले अझैपनि मेस्सी अर्जेन्टिनाको राष्ट्रिय टिममा फर्कने अपेक्षा गरेका छन् । मेस्सीले सन् २०१६ मा चिलिसँग कोपा अमेरिका कप हारेपछि सन्यासको घोषणा गरेका थिए । त्यसैगरी २०१४ को विश्वकप पछि पनि उनले यस्तै गरेका थिए । तर अर्जेन्टिनाका समर्थकको ब्यापक दबाब पछि उनी पुनः टिममा फर्किएका हुन् ।
२०१८ को रुस विश्वकपमा अर्जेन्टिनाका कप्तान रहेका मेस्सीको प्रदर्शन सम्झन लायक भने थिएन् । ४ खेलमा जम्मा १ गोल गरेका मेस्सीको टिम बल्ल तल्ल अन्तिम १६ मा प्रवेश गरेको थियो । तर फ्रान्ससँग पराजित भएसँगै अर्जेन्टिनाको यात्रा अघि बढ्न सकेन । फ्रान्सले विश्वकप जितेको थियो ।


