• विविध

    प्रियंका बिवाहको तयारीमा

  • बलिउड तथा हलिउडमा समेत चर्चामा रहेकी नायिका प्रियंका चोपडा यतिबेला सलमान खानको फिल्म भारत छोडेर र बिवाहको कारण चर्चामा रहेकीछिन् । आफु भन्दा ११ बर्षले कम उमेरका प्रेमी एवं गायक निकले चाडै नै इन्गेज्मेण्ट गर्ने तयारीमा जुटेका छन् । निकका पुरा परिवार नै यतिबेला भारत आईपुगेका छन् ।

    उनीहरुले प्रियंकाको जन्मदिनमा इन्गेज्मेण्ट गर्न लागेको चर्चा चलिरहँदा प्रियंका र निकले अगस्ट १८ अर्थात आज नै इन्गेज्मेण्ट गर्न लागेको भारतीय मिडियाको दाबी छ । आफनो प्रेम सम्बन्धको बारेमा खासै नबोलेकी उनले सोही समय नै आधारिक घोषणा गर्ने चर्चा पनि छ ।

    लामो समयदेखि निकको प्रेममा रहेकी प्रियंकाले अक्टोबरमा न्यूयोर्कमा नै बिवाह गर्ने योजनामा छिन् । भारत फिल्म छाडेलगत्तै हलिउड फिल्म स्काई इज पिंक मा आवद्ध भएकी उनले फरहान अख्तरको नयाँ फिल्ममा पनि काम गर्ने भएकीछिन् ।
    प्रियंका र निकमध्य को धनी ??
    प्रियंका चोपडा यतिबेला आफ्नो प्रेम प्रसंगलाई लिएर चर्चामा छिन्। केही दिन अगाडि प्रियंकाले इन्गेजमेन्ट गरेको समाचारले बलिउडमा चर्चा पायो। उनले आफ्नो जन्म दिनको अवसर पारेरे इन्गेजमेन्ट गरेको चर्चा चलेको थियो। प्रियंकाले इन्गेजनमेन्ट गरेको सुनेपछि उनका फ्यान खुशी भएका थिए। तर अचानक फिल्म ‘भारत’ बाट विदा लिएपछि भने उनलाई झड्का लाग्यो। प्रियंकाका फ्यानले उनलाई एक पटक बलिउड फिल्ममा हेर्न चालेको थिए। तर उनले उक्त फिल्मबाट हात झिकिन्।

    प्रियंकाले सो फिल्मबाट हात झिक्नुको पछाडिको कारण उनको विवाह भएको बताइएको छ। भारतीय संचारमाध्यमका अनुसार प्रियंकाले अक्टोबर महिनामा विवाह गर्न सक्नेछिन्।विवाहसँगै अब प्रियंकाको कमाइका विषयमा पनि चर्चा हुन थालेको छ। ग्लोबर स्टार बनिसकेकी प्रियंका बलिउडमा सबैभन्दा धेरै कमाइ गर्ने अभिनेत्री मध्येकी एक हुन्। फोब्र्स म्यागेजीनको शक्तिशाली महिलाको सूचीमा पनि प्रियंकाको नाम समावेश छ।

    फोब्र्सको यो लिस्टमा प्रियंकाको नाम ९७ औं स्थानमा छ। फोब्र्सका अनुसार प्रियंकाको सम्पत्ति ११ मिलियन डलर छ।
    प्रियंकापछि उनका हुनेवाला बेहुला निक जोनसको कुरा गर्दा उनको सम्पत्ति २५ मिलियन डलर छ। यो आँकडा डेली मेलबाट लिइएको हो। यो आँकडाका अनुसार निक प्रियंंका भन्दा कमाइका दृष्टिले अगाडि छन्।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु