• फिचर

    अविरल वर्षापछि आएको बाढीले बाह्रवीसे खोर्सानीबारी नजिकै रहेको साधीखोला पुल बगायो

  • २ भदौ, काठमाडौं । गएराति परेको अविरल वर्षापछि आएको बाढीले बाह्रवीसे खोर्सानीबारी नजिकै रहेको साधीखोला पुलको आधा भाग बगाएको छ ।
    पुलको आधा भाग बगाएसँगै बाह्रविसे नगरपालिकाका केही वडा र भोटेकोशी गाउँपालिकासँगको सडक सम्बन्ध टुटेको छ ।
    खोर्सानीबारी नजिकै साधीखोलामाथिको पुलको आधा भाग बगाएको इलाका प्रहरी कार्यालय बाहबीसेका प्रहरी निरीक्षक यादव थापाले जानकारी दिए ।
    पुल क्षतिग्रस्त भएपछि मोटरसाइकलबाहेक अन्य सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।
    प्राविधिकहरु आएर पुलको निरीक्षण गरेपछि मात्रै यातयात सञ्चालनबारे यकिन गर्न सकिने बाह्रबीसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले जानकारी दिए ।

    क्षतिग्रस्त पुलको अध्ययनका लागि प्राविधिक पठाइदिन डिभिजन सडक कार्यालय, दोलखाका प्रमुख अशोक तिवारीसँग आग्रह गरे पनि उनले बेवास्ता गरेको भन्दै उनले आक्रोस पोखे ।
    पुलमा क्षति भएपछि वैकल्पिक मार्गबारे अध्ययन भइरहेको पनि मेयर शेर्पाले जानकारी दिए ।
    पुलको दुवैतर्फको जप आधा सरेपछि नेपाल–चीन सीमा आसपासका स्थानीय समस्यामा परेका छन् । गत वर्ष पनि भोटेकोशी गाउँपालिका नजिकै रहेको पक्की पुल बाढीले बगाएको थियो ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु