skip this
  • विविध

    पानीले बनाउछ नेपालको भविष्य : प्रधानमन्त्री ओलि

  • जनकपुर : प्रधानमन्त्री केपी शर्मा ओलीले हिमाली भेगको पानी विदेश निर्यात गर्नुपर्ने बताएका छन्। प्रदेश २ को प्रदेशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हिमाली भेगमा बगिरहेको पानी विदेशमा बेच्नुपर्ने बताएका हुन्।
    ‘हिमाली भेगको पानीमात्र ट्यांकर कि ट्यांकर विदेश पठायौँ भनेर पैसाको चिन्ता हुँदैन’, प्रधानमन्त्रीले भने, ‘हिमाली भेगमा मिनरल वाटरमात्रै छ।’ पानी बेचेरमात्र पनि नेपाल धनी बन्न सक्ने प्रधानमन्त्रीको तर्क थियो।
    उनले तराई मधेस हुँदै पूर्व पश्चिम रेल सञ्चालन हुने बताए। ‘पूर्व पश्चिम रेल बनाएरै छोड्ने हो। उत्तर दक्षिण रेल पनि बनाउने हो’, प्रधानमन्त्रीले भने, ‘भारतका प्रधानमन्त्री नरेन्द्र मोदीजीले वीरगंज काठमाडौं रेल बनाउन सहयोग गर्छौँ भन्नुभएको छ।’
    ‘म प्रतिबद्ध छु’

    प्रदेश २ को विकासका लागि चिन्तित र प्रतिबद्ध छु : प्रधानमन्त्री
    प्रधानमन्त्री केपी शर्मा ओलीले आफू प्रदेश २ को विकासका लागि चिन्तित रहेको बताए।

    ‘दुनियाँ अन्धकारमा हुँदा नेपालले ज्ञानको ज्योति बालिसकेको थियो। तर अहिले हाम्रो अवस्था धेरै पछाडि छ’, प्रधानमन्त्रीले भने, ‘यो प्रदेशको मात्र कुरा गर्ने हो भने पनि निकै पछाडि छ। यसको विकासका लागि संघीय सरकार र म अत्यन्तै चिन्तित छौँ। चिन्तित मात्र होइन, प्रतिबद्ध छौँ।’
    प्रधानमन्त्रीले प्रदेश २ मा मा विकासका असाधारण सम्भावना रहेको औँल्याए। सिचाईँ उपलब्ध गराइ खेतीयोग्य जमिनमा उब्जाउ गर्न सकिने उनको भनाई छ।
    चुरेको क्षेत्रतिर ठूला ठूला ड्याम बनाउने र तलका जमिनलाई उर्बर र मलिलो बनाउने योजना प्रधानमन्त्रीले सुनाए।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु