skip this
  • चितवन विशेष

    चितवनमा सहकारीको मन्न लाग्दि

  • ३ भदौ, चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीहरुलाई आफ्ना गतिविधि कृषिमा केन्दि्रत गर्न आग्रह गरेपनि चितवनको जिल्ला सहकारी संघ भने भाडा उठाएर रकम जम्मा गर्ने ध्याउन्न लागेको छ । सरकारले जुन उद्देश्यले जग्गा उपलब्ध गराएको थियो, त्यसविपरितका काममा जग्गा प्रयोग गरिएको छ ।

    सरकारले सहकारी सम्वन्धी गतिविधि, विषयगत सहकारीहरुको प्रवर्द्धन, प्रदर्शनी र प्रोत्साहन सम्वन्धी कार्यक्रम चलाउन जग्गा संघका नाममा उपलब्ध गराए पनि भाडामात्रै उठाएर खाने सोच बनाएको भन्दै संघभित्र आलोचना हुने गरेको छ । भाडाबाट उठ्ने करोडौंको रकम पुनः भाडाकै लागि प्रयोग गर्ने गरिएको छ ।

    नेपाल सरकारले उपलब्ध गराएको ७ विगाहा जग्गामध्ये अधिकांश जग्गा संघले भाडामा लगाएको पाइएको छ, त्यो पनि अति न्यून रकममा । भरतपुर महानगरपालिका वडा नं. १० को प्राइम लोकेसनमा मात्रै संघको ४ विगाहा १८ कठ्ठा ९ धुर जग्गा छ भने, वडा नं. ५ फूलबारीमा २ विगाहा ७ कठ्ठा ३ धुर जग्गा छ ।

    संघले भरतपुर १० मा रहेको जग्गामध्ये ४ विगाहा ८ कठ्ठा जग्गा भरतपुर मेडिकल कलेजको नर्सिङ कलेज सञ्चालनका लागि पहिलो २५ वर्ष र दोस्रो समयका रुपमा २४ वर्षका लागि भाडामा दिएको छ । पहिलो खण्डको २३ वर्ष वितेको छ । यसबाट संघले वार्षिक जम्मा ११ लाख ३० हजार भाडा असुल्दै आएको छ ।

    जग्गाको लोकेसनका आधारमा यो भाडा अति नै न्यून हो ।  भारतीय नागरिकले चलाएको भरतपुर मेडिकल कलेजले सम्झौता अनुसारको काम नगरेको भन्दै पहिलो २५ वर्षपछि सम्झौता खारेज गर्ने चेतावनी संघले दिएको उपाध्यक्ष हरिप्रसाद पौडेलले बताए ।

    संघले सोही स्थानमा आईओएमटीको नर्सिङ कार्यक्रम सञ्चालनका लागि भवनसहितको १० कठ्ठा जग्गा २०५७ साल असार ११ गते २५ वर्षका लागि भाडामा लगाएको छ । यसबाट वार्षिक भ्याट बाहेक ३ लाख ५३ हजार भाडा लिँदै आएको छ । सम्झौता अवधिको रकममा वार्षिक १० प्रतिशतका दरले वृद्धि गर्ने उल्लेख भएअनुसार गत वर्षको वार्षिक भाडा यति भएको छ ।

    यस्तै, फूलबारीमा रहेको २ विगाहा ७ कठ्ठा जग्गामा खेती लगाउन भनेर वार्षिक ३६ हजार रकम लिने गरी र केही सटर बनाएर मासिक १३ हजार भाडा उठाउँदै आएको छ । यता, भरतपुर १० कै जग्गामा १० वटा सटर निर्माण गरेर मासिक १ लाख ६० हजारभन्दा बढी भाडा जिल्ला सहकारी संघले उठाउँदै आएको छ । अझै ११ वटा सटर निर्माण गर्ने र भाडामा लगाउने तयारीमा संघ छ । यस्तै विभिन्न सभाहलबाट समेत संघले भाडा नै उठाउँदै आएको छ ।

    संघका उपाध्यक्ष हरि पौडेलले संघले अब सहकारीहरुको प्रवर्द्धनात्मक र प्रदर्शनी केन्द्रहरु निर्माण गर्ने योजना रहेको बताए । ‘विगतमा भाडा मात्रै उठाएर बस्ने जस्तो पनि देखियो, तर अब हामी केही परिवर्तन गर्न खोज्दै छौं,’ उपाध्यक्ष पौडेलले भने, ‘जे उद्देश्यका लागि जग्गा प्राप्त भयो त्यसमा जान्छौं ।’

    खाने तेल बेच्दै आएको सहकारी संघले जिल्लाका विभिन्न सहकारीहरुसँग लाखौं रकम उठाएर पेट्रोल पम्प सञ्चालनको तयारी गरेको छ । पेट्रोलपम्प सञ्चालन प्रकृयामा समेत विवाद हुँदै आएको छ

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु