skip this
  • फिचर

    रसुवागढी-काठमाडौं रेलमार्ग : ९९ प्रतिशत खण्डमा पुल र सुरुङ

  • ३ भदौ, काठमाडौं । केरुङ-काठमाडौं रेलमार्गअन्तरगत नेपालभित्रको रसुवागढी-काठमाडौं रेलमार्ग निर्माणका लागि २ खर्ब ५७ अर्ब रुपैयाँ खर्च हुने भएको छ । चीनले तयार गरेको प्रारम्भिक सम्भाव्यता रिपोर्टमा यो रेलमार्ग पुरा हन ९ वर्ष समय लाग्ने उल्लेख छ ।

    रेल विभागमा प्रवक्ताप्रहाक उपाध्यायकाअनुसार यो रेलमार्ग करिब ७२.२५ किलोमिटरको हुनेछ । यसअनुसार एक किलोमिटरमा सरकारले ३ अर्ब ५ छ करोड खर्चिनुपर्ने अवस्था देखिएको उपाध्यायले बताए ।

    रसुवागढी-काठमाडौं रेलमार्ग बनाउन २ खर्ब ५७ अर्ब लाग्ने, ९९ प्रतिशत खण्डमा पुल र सुरुङ


    ३ भदौ, काठमाडौं । केरुङ-काठमाडौं रेलमार्गअन्तरगत नेपालभित्रको रसुवागढी-काठमाडौं रेलमार्ग निर्माणका लागि २ खर्ब ५७ अर्ब रुपैयाँ खर्च हुने भएको छ । चीनले तयार गरेको प्रारम्भिक सम्भाव्यता रिपोर्टमा यो रेलमार्ग पुरा हन ९ वर्ष समय लाग्ने उल्लेख छ ।

    रेल विभागमा प्रवक्ताप्रहाक उपाध्यायकाअनुसार यो रेलमार्ग करिब ७२.२५ किलोमिटरको हुनेछ । यसअनुसार एक किलोमिटरमा सरकारले ३ अर्ब ५ छ करोड खर्चिनुपर्ने अवस्था देखिएको उपाध्यायले बताए ।

    यो रेलमार्गमा सजिलो भुगोल नपर्ने भएकाले झण्डै ९९ (९८.५५) प्रतिशत खण्डमा सुरुङ वा पुल बनाउनुपर्नेछ । चिनियाँ कम्पनी चाइना रेल्वे फस्र्ट सर्भे एन्ड डिजाइन इन्स्िटच्युटले तयार पारेको रिपोर्टमा यो विषय उल्लेख छ ।

    रेलमार्गको प्रारम्भिक सम्भाव्यता अध्ययनका लागि सबै खर्च चिनियाँ पक्षले व्यहोरेको थियो । गत वैशाखको अन्तिम साता यातायात सचिव मधुसदन अधिकारी नेतृत्वको नेपाली प्रनिनिधि मण्डल सम्भाव्यता अध्ययन गर्नेबारे सम्झौता गरेर फर्किएको थियो । त्यसलगत्तै जेठबाटै चिनियाँ टोली अध्ययनका लागि नेपाल आएर काम सुरु गरेको थियो ।

    भौगोलिक कठिनाइ रहेकाले रिपोर्टले प्राविधिक रुपमा अधिकांश क्षेत्रमा पुल र टनेल निर्माण गर्न सिफारिस गरेको छ । यसअघि स्थलगत अध्ययनमा आएको चिनियाँ टोलीले केरुङ-काठमाडौं, काठमाडौं-पोखरा र काठमाडौं-लुम्बिनी रेलमार्ग निर्माण सम्भव रहेको बताइसकेको थियो ।

    चीनले सन् २००६ मै ११ सय किमी लामो रेलमार्ग तिब्बतको राजधानी ल्हासासम्म ल्याइसकेको छ । हाल चीनतर्फ ल्हासा-सिगात्से रेलमार्ग निर्माणाधीन छ । र, त्यसलाई नेपाल सीमाको केरुङसम्म विस्तारको काम पनि भइरहेको छ ।

    उक्त मार्गलाई चीनको सहयोगमा काठमाडौंसम्म जोड्ने योजना छ । अब दुई सरकारका बीचमा रेलमार्ग कुन लगानी मोडालिटीमा बनाउने भन्नेबारे छलफल हुनेछ ।

    चीनले सहुलियत ऋणमा रेलमार्ग बनाउने इच्छा देखाएको छ । नेपालले भने अनुदानमै आयोजना बनाइदिन आग्रह गरेको छ

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु