
प्रियंका चोपडा को इन्गेजमेन्ट लगत्तै पूर्व प्रेमी को आयो यस्तो प्रतिक्रिया


बलिउड अभिनेत्री प्रियंका चोपडा प्रेमी निक जोनससँगको इन्गेजमेन्टका कारण चर्चामा छिन् । शनिबार सोसल मिडियामार्फत् प्रियंकाले निकसँगको आफ्नो सम्बन्धलाई पुष्टि गरेकी छिन् । त्यसपछि बलिउड सेलिब्रिटीदेखि उनका प्रशंसकले बधाई दिन थाले । प्रियंकालाई बधाई दिने सूचीमा उनका पूर्व प्रेमी शाहिद कपुर पनि समावेश छन् ।
वास्तवमा, हालै एक कार्यक्रममा शाहिद कपुरलाई प्रियंकाको इन्गेजमेन्टबारे प्रश्न सोधिएको थियो । यसबारे उत्तर दिँदै शाहिदले भने, ‘म उनको लागि निकै खुसी छु, धेरै बधाई । विवाह निकै सुन्दर चीज हो र यो म अनुभवसहित भन्न सक्छु । अल द बेस्ट ।’
स्मरण रहोस्, फिल्म ‘कमिने’ को सुटिङका बेला यो जोडीको निकै चर्चा भएको थियो । यद्यपी, आफूहरु डेटिङमा रहेको बारे उनीहरुले कहिले स्विकारेनन् । करन जोहरको टक शो ‘कफी विद करन’ मा यो जोडीको केमेस्ट्रीबारे अत्यधिक चर्चा भएको थियो । एक दिन बिहानै कर कार्यालयले छापा मार्दा प्रियंकाको अपार्टमेन्टको ढोका शाहिदले नै खोलेको बताइन्छ ।


