
भारतीय मिडियाले लगायो नेपालमाथि गम्भीर आरोप


जायश्वर आचार्य:
भारतीय प्रतिष्ठित संचार माध्यम दैनिक भास्कर ले नेपालले ५ फरक फरक स्थानमा गरि ७१०० एकड भारतीय जमिन अतिक्रमण गरेको दावी गरेको छ, साथै सोहि समाचारमा त्यस बाहेक यो अतिक्रमण को क्रम तिव्र गति का साथ् बढिरहेको र भारत सरकारले यस बिषयमा कुनै चासो नदेखाएको पनि उल्लेख गरिएको छ।
बर्षौ देखि नै नेपालि सिमावर्ती छेत्रमा देखिएको भारतीय विस्तारबादाले अहिले झन् सिमा नागेको छ, खुलम खुल्ला रुपमा यसरि कुनै राष्ट्रको आत्मासम्मान मा आच आउने गरि सम्प्रेषित समाचार हरु प्रति नेपाल सरकारले कुन रुपमा लिने छ भन्ने कुरा सबैको चासो को बिषय बनेको छ।
साथै नेपालका सीमाविद हरुले यस समाचार झुठो रहेको कुरा दाबी गरेका छन् र यस समाचार प्रति खेद प्रकट गरेका छन्।


