
३ महिना पछी रिहा भए विप्लब निकट चितवनका नेता हरू


विप्लव नेतृत्वको नेकपा चितवनका जिल्ला सेक्रेटरी ध्रुव खड्का लगायत सम्पूर्ण ६ जना नेताहरु अाइतबार रिहा भएका छन । सेक्रेटरी ध्रुव खड्का गत बिहीबार पक्राउ परेका थिए अन्य नेता हरू रत्ननगर इलाका इर्न्चाज रणदिप नेपाल विधार्थी जिल्ला अध्यक्ष रमेश लामिछाने युवाका काेषाध्यक्ष बिरु तामाङ कालिका नगरपालिका इन्चार्ज रुद्र गुरुङ पार्टी जिल्ला सदस्य गन्जु शिङ्ग गुरूङ भने करिब ३ महिनाकाे हिरासत पछी रिहा हुनुभएको हाे ।

प्रत्येक लाइ जनही १ लाख धराैटीमा अदालतले रिहा गर्ने अादेश जेठ २५ गते नै गरेकाे थियाे यद्दपी अाइतबार मात्र धराैटी बुझाए पछी रिहा भएकाे जिल्ला प्रहरी कार्यलय चितवनले जनाएकाे छ । नेता हरू रिहा भए पछी चितवन पार्टीले कारागारकाे गेटमा सम्मान कार्यक्रम गरेकाे उक्त पार्टीका युवा सचिव किरण सुनुवारले जानकारी गराएका छन ।