
धादिङमा विधार्थी अान्दाेलनकाे एेतिहासिक सफलता, कक्षा एकमा भर्ना पश्चात अन्य कक्षामा भर्ना गर्नु नपर्ने


धादिङ,धादिङबेशी
विप्लब निकट विधार्थी संगठन अखिल (क्रान्तिकारी) र धादिङ प्याब्सन बिच एेतिहासिक सहमती भएकाे छ ।
शुल्क वृद्धिकाे विरूद्ध विगत ३ महिना देखी तालाबन्दी गर्दै अाएकाे अखिल (क्रान्तीकारी) धादिङले भाद्र ३ गते धादिङ प्याब्सन सँग एेतिहासिक सहमती गर्दै तालाबन्दि खाेल्ने निर्णय गरेकाे छ । सहमती अनुसार पहिलाे बुदाँमा बार्षिक भर्ना गर्न नपर्ने एेतिहासिक सहमती भएकाे हाे । यस अनुसार कक्षा एकमा भर्ना गरे उक्त शैक्षिक संस्थामा अध्ययन गरिन्जेल अन्य कक्षा हरूमा भर्ना गर्नु पर्ने वाध्यता हटेकाे छ । अन्य बुदाँ हरूमा मापदन्ण विपरीत शुल्क लिन नपाउने, छात्रवृत्ति १० प्रतिशत व्यवस्था गर्नु पर्ने रहेकाे छ । सहमती पत्रमा अखिल (क्रान्तीकारी) का तर्फबाट जिल्ला संगठनका कार्यलय सचिब अर्पण तमाङ र प्याब्सनका तर्फबाट धादिङका प्याब्सनका अध्यक्ष गाेबिन्द बुढाथाेकीले हस्ताक्षर गरेकाे अखिल (क्रान्तिकारी)का केन्द्रय सदस्य अटल शर्माले जानकारी गराएका छन ।


