
खेलाडी बेचेर बाख्रा किन्ने अचम्म को फुटबल क्लब


क्लबका अध्यक्ष केनन बुयुक्लेब्लेबले उनको क्लब निकै अघिदेखि आर्थिक समस्याबाट गुज्रिरहेको बताउँदै सरकारको तर्फबाट पनि कुनै आर्थिक मद्दत नपाएको जानकारी दिए । कुनै लिग खेल्नका लागि प्रायोजक पनि नपाइएकाले बाख्रा खरिद गर्ने निर्णय लिइएको केनानले बताए ।
यतिबेला आफ्नो क्लबलाई अतिरिक्त आम्दानीको खाँचो भएको बताउँदै केननले क्लबको ऋण अत्यधिक बढेको जानकारी दिए । उनका अनुसार कुनै पनि कर्पोरेट समूह मद्दतका लागि अग्रसर छैनन् ।



१८ खेलाडी बेचेपछि क्लबले १८ हजार लिरा (तीन लाख ३५ हजार रुपैयाँ) पाएपछि यसले १० वटा बाख्रा खरिद गरेको उनले जानकारी दिए ।
केननले बाख्राको दुध बेचेर हरेक महिना पाँच हजार लिरा अर्थात् ९४ हजार रुपैयाँ आम्दानी हुने अनुमान गरेका छन् ।
६ वर्षमा एक सय ४० बाख्रा खरिद गर्नेछ क्लबः
केननका अनुसार यो योजना सफल रहे क्लबले बाख्रा थप्नेबारे बिचार गर्नेछ । अको ६ वर्षमा क्लबले एक सय ४० बाख्रा खरिद गर्ने योजना बनाएको छ । गल्सपोर टर्कीको सबैभन्दा पुरानो फुटबल क्लब मध्येको एक हो । यसको स्थापना सन् १९५४ मा भएको थियो