skip this
  • नेपाल सेरोफेरो

    स्वास्थ्य बीमा गराउनेको संख्या प्रदेश नम्बर 3 मा सबैभन्दा धेरै: कुन प्रदेशमा कति

  • काठमाडौँ । सरकारले आ.व. २०७२ बाट सुरु गरेको स्वास्थ्य बिमा कार्यक्रममा  अहिले (भदौँ ३ गते) सम्म ११ लाख ६७ हजार  ४ सय ४ जना सदस्य बनेका छन् ।

    स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डाक्टर मदनकुमार उपाध्ययका अनुसार ३ जिल्लाबाट सुरु गरेको स्वास्थ्य बिमा कार्यक्रम अहिले ४२ जिल्लामा फैलिसकेको छ ।

    तर कार्यक्रम ४२ जिल्ला पुगे पनि स्वास्थ्य सेवाको सुरुवात भने ३६ जिल्लामा मात्रै सञ्चालन भइसकेको छ । ६ जिल्लाका नागरिकले स्वास्थ्य बिमा गरिसके पनि स्वास्थ्य सेवा भने प्रप्त गरेका छैनन् । हुम्ला, मुगु, डोल्पा, सिराहा, स्याङ्जा र सङ्खुवासभामा बिमा गरिसके पनि बिमितले सेवा प्रप्त गर्न पाएका छैनन् ।

    यी जिल्लाहरूमा बिमा कार्यक्रमबाट सेवा उपलब्ध गराउने काम अन्तिम चरणमा  पुगेको बोर्डले जनाएको छ ।

    कुन प्रदेशमा कतिले गराए स्वास्थ्य बिमा 

    यीमध्ये ६ लाख १४ हजार ६ सय ६६ महिला र ५ लाख ४७ हजार ९ सय ६६ पुरुषले स्वास्थ्य बिमा गराएका छन् । स्वास्थ्य बिमा गराउनेमा ६६ हजार ७ सयले महिलाको सङ्ख्या बढी रहेको छ । ४२ जिल्लाको कुल जनसङ्ख्यामध्ये ८ प्रतिशतले मात्रै बिमा गराउन सफल भएका छन् ।

    यस्तै प्रदेशगत रूपमा हेर्ने हो भने प्रदेश नम्बर ३ मा बिमा गराउनेको सङ्ख्या सबैभन्दा बढी छ । भदौ ३ गते साँझ ५ः२० सम्म बिमा गराउनेको तथ्याङ्क हेर्ने हो भने चितवन जिल्लाबाट मात्रै १ लाख ४८ हजार ३ सय ३५ नागरिकले स्वास्थ्य बिमा गराएका छन् ।

    २ देखि ३ लाखले लिए सेवा 

    बिमा गराएका मध्ये २ देखि ३ लाख बिरामीले स्वास्थ्य बिमा कार्यक्रममार्फत उपचार सेवा लिइसकेका स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक उपाध्यायले बताए । एक जना नागरिकले वर्षमा २ देखि ३ पटकसम्म सेवा लिने गरेका छन् । यसले गर्दा सेवा लिनेको सङ्ख्या झण्डै ६ देखि ७ लाख पुग्ने गरेका छन् । बिमा गर्ने व्यक्ति जुनसुकै प्रकृतिको बिरामी भए पनि ५० हजारभन्दा बढीको सेवा पाउने छैनन् । जस्तै दुर्घटनामा भएको खण्डमा पनि ५० हजारभन्दा धेरै उपचार खर्च पाइने छैन ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु