skip this
  • फिचर

    कालिमाटी तरकारी बजारमा अनुगमनका क्रममा तनाव

  • काठमाडौँ — कालीमाटी तरकारी बजार अनुगमनमा अवरोध गरेको भन्दै प्रहरीले दुई जना व्यवसायीलाई पक्राउ गरेकाे छ ।

    कालीमाटी तरकारी तथा फलफूल व्यवसायी संघका अध्यक्ष भरत खतिवडा र अर्का व्यवसायी विमल ढुंगानालाई पक्राउ गरेको हाे ।उनीहरुलाई महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ।

    विवाद बारे बुझन आपूर्ति मन्त्री मातृका यादव र प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको टोली कालीमाटी बजार गएको छ।
    सोमबार बिहान कालीमाटीस्थित तरकारी बजार अनुगमनमा गएको अापूर्ति बिभागकाे टोलीलाई भित्र राखेर व्यापारीले अवराेध गरेका थिए। उक्त टाेलीलाई छुटाउन त्यहाँ प्रहरी परिचालन गरिएको थियो।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु