skip this
  • फिचर

    हेटौंडा उपमहानगरपालिकाले गर्यो यस्तो निर्णय।

  • स्थानीय तहले अनावश्यक कर संकलन गरेको भनेर चर्चा भइरहेको समयमा हेटौंडा उपमहानगरपालिका नगरवासीको नक्सा निःशुल्क बनाइदिने निर्णय गरेको छ ।

    उपमहानगरपालिकाको कार्यपालिका बैठकले नगरका बासिन्दाले घर निर्माण गर्नुपरेमा निःशुल्क रूपमा नक्सासमेत बनाइदिने निर्णय गरेको नगर प्रमुख हरिबहादुर महतले जानकारी दिए । उपमहानगरपालिकाले इन्जिनियरसहितको सेवा केन्द्र सञ्चालन गरेर निःशुल्क नक्सा पास गरिदिने बताए ।

    उपमहानगरपालिकामा थपिएको भूगोललाई लक्षित गरी निःशुल्क रूपमा नक्सा बनाउने निर्णय गरिएको उनले जानकारी दिए ।  एक हजार स्क्वायरफिट सम्मका घर निर्माण गर्नुपरेमा निःशुल्क रूपमा नक्सा समेत बनाउन लागिएको मेयर महतले बताए  । आमनागरिकलाई सामान्य चार कोठाको घर निर्माण गर्नुपर्दा निजीकम्पनीवा इन्जिनियरलाई १५ हजार रुपैयाँसम्म तिरेर नक्सा बनाउनुपर्ने बाध्यता भोग्दै आएका छन् ।

    उपमहानगरपालिका भित्र सेवाकेन्द्र स्थापना गरेर नागरिकका घरमानक्सा बनाएर दिने तयारी भइसकेको जनाइएको छ । यसभन्दा अघि हेटौंडाका वासिन्दाहरूले कन्सल्टेन्सी मार्फत् नक्साबनाउँदै आएपनिविभिन्न त्रुटी देखाउँदै  उपमहानगरपालिकाले नक्सापास गर्न समय लगाउने गरेको थियो । । अब उपमहानगरपालिकाले नै नक्सा बनाइदिने भएपछि सर्वसाधारणलाई नक्सा पासमा सहजता हुने भएको छ ।

    उपमहानगरपालिकाको निर्णयले हेटौंडाको एकदेखि १९ नम्बर वडा सम्मका वासिन्दालाई अब एक हजार स्क्वायरफिट सम्मका घर निर्माण गर्नुपरेमा सहजताभएको छ । सजिलो भएको हो । अब एक हजार स्क्वायरफिट भन्दा ठूलो घर निर्माण गर्नेहरूले भने आफैं नक्साबनाएर ल्याउनु पर्ने छ ।

    यसैगरी उपमहानगरपालिकाले  अन्यसिफारिसहरू पनि निःशुल्क रूपमा गर्दै आएको जनाएको छ । बैठकले उपमहानगरपालिकाले यसअघि लिदै फर्म बापत लिंर्द आएको १० रुपैयाँ पनि निःशुल्कगर्ने निर्णय गरेको मेयर महतले बताए ।  एक देखि १९ नम्बर सम्मका वडाबाट हुँदै आएको विभिन्न सिफारिसहरू निःशुल्क रूपमा गर्न लागिएको उनले जानकारी दिए ।

    उपमहानगरका वडाबाट हुँदै आएको जन्मदर्ता, विवाहदर्ता, मृत्यु दर्ता, बसाईसराई, स्वास्थ्य सिफारिस, शिक्षा सम्बन्धी सिफारिस, भूकम्प सम्बन्धी सिफारिस, दैविक प्रकोपको सिफारिस, सम्बन्ध बिच्छेद, नागरिकता सिफारिस, मृतकसँग नाता प्रमाणित सिफारिस, जेष्ठ नागरिक, दलित, जनजाती, पिछडिएका बर्ग, आदीबवासी, अपाङ, मधेसी, एकल महिलापहिचान जस्ता सिफासिहरू निःशुल्क रूपमा गरिदै आएको हेटौंडा उपमहानगरपालिकाका मेयर महतले बताए ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु