skip this
  • चितवन विशेष

    पार्टी अध्यक्षकाे जिल्लामा ” इन्द्रजित ” काे नेतृत्व

  • चितवन, भदौं ४–

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनको नेतृत्व पूर्व माओवादी केन्द्रले पाउने भएको छ ।

    तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भईसकेपछि जिल्ला तह समायोजनका लागि बनेको कार्यदलले जिल्ला नेतृत्वको भागबण्डासहितको प्रतिवेदन केन्द्रलाई बुझाएको छ ।

    आइतबार टोलीका सदस्य अष्टलक्ष्मी शाक्य, अग्नि सापकोटा, काशीनाथ अधिकारी र नारायण दाहालले संयुक्त रुपमा पार्टी महासचिव विष्णु पौडेललाई प्रतिवेदन बुझाएका हुन् ।

    कार्यदलले प्रदेशका १३ जिल्ला मध्ये आठ जिल्ला साविकको एमाले र ५ जिल्ला साविकको माओवादी केन्द्रले नेतृत्व लिनेगरि सिफारिस गरेको छ ।

    सिफारिस अनुसार चितवनसहित सिन्धुली, रामेछाप, नुवाकोट र काभ्रे साविकको माओवादी केन्द्रले नेतृत्व गर्नेछ भने साविकको एमालेले मकवानपुर, धादिङ, काठमाडौं, भक्तपुर, ललितपुर, दोलखा, रसुवा, सिन्धुपाल्चोकको नेतृत्व गर्नेछ ।

    चितवनबाट १५५ जनाको जिल्ला कमिटि सिफारिस गरिएको कार्यदलका एक सदस्य काशीनाथ अधिकारी नारायणी अनलाईनलाई जानकारी दिए । उनले ८०/७५ को भागबण्डा अनुसार नाम सिफारिस गरिएको बताए । एक साता भित्र केन्द्रीय कमिटिले जिल्ला नेतृत्व सहितको कमिटिलाई अन्तिम रुपम दिने अधिकारीको भनाई छ ।

    यसैबीच साविकको एमालेबाट पठाईएको नामावलीमा असन्तुष्ट पक्षको करिव ४० जनाको नाम पनि केन्द्रमा पठाईएको नेता अधिकारीले बताए । नेकपाका केन्द्रीय सदस्य देवी ज्ञवाली र सीता पौडेलले सिफारिस नामावलीमा असन्तुष्टी जनाउँदै छट्टै ३५÷४० जनाको नाम सिफारिस गरेका थिए ।

    को बन्दैछ नयाँ अध्यक्ष ?

    भागवण्डा अनुसार साविक माओवादी केन्द्रले चितवनको नेतृत्व पाउने निश्चित भईसकेको छ । यद्यपी पार्टीको अध्यक्ष को भन्ने बारे भने अझै निश्चित भईसकेको छैन् ।

    अध्यक्षका लागि यमबहादुर परियारको (इन्द्रजित)काे  नाम पक्का भएकाे छ । यद्दपि नाम बाहिर सार्वजिनक  नभए पनि चितवनकाे नेतृत्व पुर्व माअाेवादी केन्द्रले पाउने भए पछि माअाेवादीकाे तर्फबाट एकल दाबी रहेकाे कारण मिजाशिला स्वाभावका  इन्द्रजित चितवन अध्यक्ष बन्ने भएका हुन। साविक एमालेको भागमा परेको सचिव भने साविक एमालेका जिल्ला उपाध्यक्ष समेत रहेका तेजेन्द्रबहादुर खड्का बन्ने निश्चित जस्तै बनेको छ ।

    साविक माओवादी केन्द्रमा नेतृत्वदायी भूमिका खेलिसकेकोले  नेता यमबहादुर परियारको लामोसमयदेखि नेकपाको जिल्ला आन्दोलनमा नेतृत्वदायी भूमिका खेलेकोले पनि उनीप्रति पार्टीका शीर्षनेताहरुको सहानुभूति रहेको छ ।

    अर्काेतर्फ पार्टीका शीर्ष नेताहरु प्रचण्ड, बादल र अमिक शेरचनसँग उनको लामो सहकार्य रहेकोले पनि उनी संयुक्त पार्टीका अध्यक्ष हुने भएका हुन । परियार सरल र इमान्दार नेताको परिचय बनाएका व्यक्तित्व हुन् ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु