skip this
  • चितवन विशेष

    विरेन्द्रमा अनेरास्ववियुले घटायाे शुल्क

  • चितवन,भदौं ४-

    भरतपुरको विरेन्द्र बहुमुखी क्याम्पसले बढाएको प्रवेश परिक्षा शुल्क दुई विद्यार्थीसंगठनको आन्दोलन पछि घटाएको छ ।

    आज (सोमवार) क्याम्पस प्रशासनसंग  अनेरास्ववियू वीच भएको वार्ता पछि क्याम्पसमा संचालित विभिन्न संकायको प्रवेश परिक्षा शुल्क त्रिविले निर्धारण गरे अनुसार गर्ने सहमती भएको हो । क्याम्पसले टियुले निर्धारण गरेको बिबिएको प्रवेश परिक्षा शुल्क बढाएर ५ सय बाट १ हजार,विएससी सिएसआइटीको प्रवेश परिक्षा शुल्क १२ सय बाट बढाएर १३ सय,बिसिएको शुल्क १२ सय बाट बढाएर १३ तथा बिएसीको परिक्षा शुल्क ८ सय ५० बाट १ हजार पु¥याएको थियो । विद्यार्थी संगठले परिक्षा शुल्कका नाममा विद्यार्थीबाट रकम अशुलेर क्याम्पस प्रशासन भ्रष्टचारतर्फ उन्मुख भएको विज्ञप्ती मार्फत उल्लेख गरेका छन् ।

    सहमती अनुसार क्याम्पसका सम्पूर्ण शाखाहरुमा विद्यार्थीका लागि आवश्यक सेवा सुविधा चुस्त दुरुस्त राख्न एकसाताभित्र आवश्यक कर्मचारी सहित शाखा प्रमुखको व्यवस्था गर्ने सहमती भएको छ । क्याम्पसमा संचालित विभिन्न कार्यक्रमको प्रष्ट विवरण झल्कने गरी नागरिक वडापत्रको व्यवस्था गर्ने सहमती भएको अनेरास्ववियूका अध्यक्ष लिलाराम पौडेलले जानकारी दिए ।

     

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु