
नेपाली ले अमेरिकामा जिते अनर सोसाइटी अचिवमेन्ट अवार्ड


४ भदौ: २०७५
संयुक्त राज्य अमेरिकाको युनिभर्सिटी अफ नर्थ क्यारोलिना मा अध्ययनरत एक नेपाली युवाले डेविड मरच्यान्ट अवार्ड जितेका छन्।
राजन पूरी,जसको जन्म स्याङ्जा जिल्ला को पुुतलीबजार नगरपालिका वडा नम्बर १४ लमागे भन्ने ठाउँमा भएको थियो। पढाइमा निकै अवल उनले +2 विज्ञान संकायमा अध्ययन गरेका थिए र ब्याचलर आर्ट्स र मास्टर डिग्री गणित विषयमा गरेका थिए।उनको बुवाको नाम इमनाथ पूरी हो भने आमाको नाम यम कुमारी पूरी हो।उनी हाल अमेरिकामा एपलाइड गणित विषयमा विद्याबारिदि गर्न गएका थिए।
यस अवार्ड अमेरिकाको एक चर्चित संस्था फि बीटा डेल्टा (PBD)ले प्रदान गर्ने गर्दछ। यस अवार्ड बैदेशिक शिक्षालाई सहयोग गरेवापत प्रदान गर्ने गरिन्छ। यस अवार्ड प्रदान गर्नको लागि विभिन्न अरु देशका थुप्रै विद्यार्थीहरूको नाम सिफारिस भएतापनि अवार्ड भने नेपालका एक कुशल विद्यार्थी राजन पुरीले प्राप्त गरेका छन्।


