skip this
  • चितवन विशेष

    मदन भण्डारीको हत्याकाण्डले सँधै पिराेल्छ : एन महर (एक जीवनी)

  • उत्साह चुनौती प्रेरणा पीडा सफलता र संघर्ष मिश्रित युवा पुस्ताका आदर्श युवा विद्यार्थीका प्रिय नेता आदरणीय महासचिव क. ऐन महर को बिगत देखि बर्तमान सम्म को यात्रा,,

    रुसी राष्ट्रपति भ्लादिमिर पुटिन ‘न्यूज मेकर्स्’ हुन, पुटिनको राजनीतिक यात्रा, सम्बोधन तथा जीवन शैलीका विषयमा निरन्तर समाचार आइरहन्छन, साथै पुटिनका खेलकुद तथा अन्य रचनात्मक क्रियाकलापप्रतिको लगावले पनि उनलाई बहुआयामिक व्यक्तित्वका रुपमा स्थापित गरेको छ, जुडोका खेलाडी पुटिनले खेलकुदको नियम राजनीतिमा लगाए रुसलाई विश्वको शक्तिशाली मुलुकका रुपमा पुनः स्थापित गरे, मुलुकको आर्थिक बृद्धिदरदेखि समग्र सूचकांकको रेखा उच्चतम् बिन्दुमा पुर्याउन पुटिन सफल भए, नेपाली राजनीतिका युवा अनुहार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनका महासचिव ऐन महर त्यस्तै एक नेता हुन, जसको तुलना रुसी राष्ट्रपति पुटिनसँग हुन थालेको छ, फरक यति छ, पुटिन जुडोका खेलाडी हुन, महर सितोरियो कराँतेका, ‘म खेलाडी पनि हुँ, खेलकुदमा जस्तै नियम राजनीतिमा पनि चाहिन्छ,’ महरले शुभदिनसँग सम्वाद थालनी गर्दै भने, ‘नियमबद्ध भएमात्रै सफलताको सिढी चढ्न सकिन्छ।’
    निडर, स्पष्ट वक्ता, सरल र मिलनसार ऐन महर त्यतिकै क्रान्तिकारी युवा राजनीतिक अभियन्ता हुन्, जसले अन्यायपूर्ण समाजका अस्तुहरु मेटाएर न्याय र समानता स्थापित गर्ने सामथ्र्य राख्छन, उनका हरेक शब्दमा जुझारु युवाको जोश पाइन्छ, उनका हरेक योजनामा आत्मविश्वास पाइन्छ, गतसाता अखिलको बागबजारस्थित केन्द्रीय कार्यालयमा करिब एक घण्टा शुभदिन मिडियासँग भएको अन्तरसम्वादका क्रममा महरको अनुहारमा झल्किएको आत्मविश्वास, धैर्यता र निष्ठाले उनी चाँडै मुलुकको नेतृत्व गर्ने स्थानमा पुग्दैछन् भन्ने भान हुन्थ्यो। मात्रै यति हो, उनी त्यो अवसरको प्रतीक्षामा रहेका छन्।ऐन महर विज्ञान विषयका विद्यार्थी हुन्। बझाङको जयपृथ्वी नगरपालिका–७ मा वि.सं. २०४० साल असार २७ गते बुवा रामबहादुर र आमा स्व. रतनादेवी महरका सुपुत्रका रुपमा जन्मिएका हुन्, महर।
    छयलास्थित देवस्थली प्राविमा कक्षा–५ सम्म अध्ययन गरेका महरले ६ देखि कक्षा १० सम्मको पढाई सुवेडास्थित सुन्नीपीपल चौर माविबाट गरेका हुन्। एसएलसी पास गरेपछि महरले काठमाडौंको यात्रा तय गरे।
    अमृत साइन्स क्याम्पसमा विज्ञान विषयमा प्रविणता प्रमाणपत्र तह र स्नातक तहको अध्ययन पूरा गरे। उनले ग्रामीण विकास र समाजशास्त्र विषयमा त्रिचन्द्र क्याम्पसबाट स्नातकोत्तर गरेका छन्। उनको अध्ययनको क्रम जारी छ। राजनीतिक अभियान र अध्ययनमा महरकी श्रीमती सनुजा श्रेष्ठले पनि निरन्तर सहयोग पुर्याइरहेकी छिन्।
    सितोरियो कराँतेका खेलाडी विद्यार्थी राजनीतिमा सक्रिय महर सितोरियो कराँँतेका ‘ब्ल्याक बेल्ट सेकेन्ड डन’ हुन्। उनले प्रशिक्षक नै भएर काम गरिसकेका छन्। महरले कराँतेका राष्ट्रिय प्रतियोगिताहरुमा पनि सहभागिता जनाएका छन्।
    त्यति मात्रै होइन, भलिबल, बास्केटबल, फुटबल र क्रिकेटका पनि राम्रा खेलाडी हुन् उनी। ‘हरेक बालबालिकाका लागि खेलकुद अनिवार्य गर्नुपर्छ, खेलतर्फ प्रेरित गर्नुपर्छ,’ महर भन्छन्, ‘खेलमा सामूहिक अभ्यास गरिन्छ, टिम वर्कको महत्व बुझेपछि जुनसुकै क्षेत्रमा गएपनि त्यो अवधारणालाई समाजमा लागू गर्न सकिन्छ।’वि.सं. २०४६ सालको जनआन्दोलनका बखत महर ६ वर्षका मात्रै थिए। पारिवारिक पृष्ठभूमिका कारण पनि उनी राजनीतिप्रति आकर्षित भए। जनआन्दोलनका बेला समाचार सुन्ने, कहाँ के भयो भन्ने विषयमा चासो र चर्चा भएको सुन्दा उनमा जिज्ञासा थपिँदै जान्थ्यो।
    वि.सं. २०४९ सालको निर्वाचनमा उनका बुवा रामबहादुर महर गाविस अध्यक्षमा उठेका थिए। उनका बुवा नेपाली कांग्रेसबाट राजनीति गर्थे। तर, ऐन महरको लगाव वामराजनीतिमा थियो। त्यसपछि २०५० साल जेठ ३ गते एमालेका महासचिव मदन भण्डारीको हत्याकाण्डले उनको बालमस्तिष्कमा निकै ठूलो पीडा दियो।
    २०५४ सालमा महर काठमाडौं आए। एसएलसी पास गरेपछि त्रिचन्द्र कलेजमा भर्ना भए। ‘बुवाले कांग्रेसकै नेतालाई भनसुन गर्नु भयो, मैले त्रिचन्द्रमा पढाई शुरु गरेँ,’ उनी भन्छन्, ‘गगन थापा सभापति हुनुहुन्थ्यो, कलेजमा नेवि संघको सदस्यता अनिवार्य गरिएको थियो, मलाई त्यो कुरा चित्त बुझेको थिएन।’
    कांग्रेसकै कार्यकर्ताको छोरा भएपनि अनावश्यक दवाव दिइएपछि उनी त्यहाँ पढेनन्। ‘त्रिचन्द्रको माहोल ठिक लागेन, म आफ्नो निर्णय आफै लिन सक्ने भइसकेको थिएँ,’ उनले भने, ‘मलाई मदन भण्डारीको जनताको बहुदलीय जनवाद मनपर्यो, कसैको दबाबमा बस्न पनि मन लागेन, र मैले क्याम्पस नै चेन्ज गरेँ।’ र, २०५५ सालमा अमृत साइन्स क्याम्पसमा गएर विज्ञान विषयमा पढाई शुरु गरे।


    अस्कलमा महर अनेरास्ववियूको क्याम्पस कमिटीमा संगठित भए। ‘२०६१ सालतिर आन्तरिक द्वन्द्वको कोपाभाजनमा परेँ,’ उनले भने, ‘र, त्रिचन्द्रमा संगठन निर्माणमा लागेँ।’
    अखिलको संगठन शक्तिशाली बनाउन पनि उनको टिम सफल भयो। त्यसैको परिणाम स्वरुप कांग्रेस निकट नेवि संघको दबदबा रहेको त्रिचन्द्र कलेजमा २०६२ को स्ववियू निर्वाचनमा अनेरास्ववियूले सचिव र केही सदस्य जित्न सफल भयो।
    जनआन्दोलनमा सक्रिय सहभागिता जनाएका महर घाइते पनि भए। २०६३ सालमा अखिल केन्द्रीय सदस्यमा उठेपनि विजयी भएनन्। केन्द्रीय सम्पर्क विभागको सचिव भएर काम गरे। महर २०६५ सालमा सम्पन्न १९औं सम्मेलनबाट केन्द्रीय सदस्यमा विजयी भए।
    २०६७ सालमा जनकपुरमा सम्पन्न २०औं सम्मेलनमा सबैभन्दा बढी मत ल्याएर सचिवालय सदस्यमा निर्वाचित भएका महर २१औं राष्ट्रिय सम्मेलनबाट उपाध्यक्षमा निर्वाचित भए। र, २०७२ सालमा काठमाडौंमा भएको २२औं सम्मेलनबाट ऐन महर अखिलको केन्द्रीय महासचिवमा निर्वाचित भएका छन!!
    युवाहरुलाई नेतृत्व दिनुपर्नेमा जोड दिँदै आएका महर पूरानो पुस्ताका नेताहरुबाट नयाँ पुस्ताले धेरै कुरा सिक्नु पर्ने बताउँछन्। ‘एमाले महासचिव ईश्वर पोखरेलको दुई धार र तीन पुस्ता अवधारणा अनुसार संगठन चलाउनु पर्छ,’ उनले भने, ‘निरन्तरको राजनीतिक आन्दोलनबाट आएका नेताहरुलाई अगुवाईको जिम्मेवारी दिएपछि मुलुकमा सुशासन र स्थिरता स्थापित हुन्छ।’
    सबै किसिमको प्रभावबाट मुक्त व्यक्तिलाई नेतृत्वमा पुर्याउनु पर्ने उनको धारणा छ। ‘पैसा र शक्तिबाट प्रभावितहरु गणतन्त्र र समृद्धि स्थापनाका लागि खतरा हुन्,’ उनले भने।
    मुलुकको नेतृत्व गर्ने अवसर आयो भने…
    ऐन महर २० वर्षदेखि निरन्तर राजनीतिक आन्दोलनमा छन्। उनी कुशल नेतृत्वका रुपमा स्थापित पनि हुँदै गएका छन्। उनी भन्छन्, ‘नेतृत्वको अवसर प्राप्त भयो भने मेरो सम्पूर्ण ध्यान सामाजिक न्याय, समानता, गणतन्त्रको सुदृढीकरणमा लगाउने छु।’
    मुलुकको चिन्ता गरिरहँदा महरले आफ्नो जिल्ला बझाङ पनि सम्झिए, त्यहाँको विकटता पनि सम्झिए र गर्नुपर्ने कामहरुको सूची पनि सुनाए, ‘बझाङलाई काठमाडौंमा जस्तै सेवा सुविधायुक्त बनाउनु छ,’ उनले भने, ‘जनतालाई सहज ढंगले बस्न सक्ने स्थिति निर्माण गर्नु छ।’
    भावुक हुँदै आमालाई सम्झिए
    ऐनबहादुर महरका बुवालाई छोराले फरक राजनीतिक विचार बोकेको मन परेको थिएन। समयसँगै परिस्थिति बदलियो, उनको जिम्मेवारी बढ्दै गयो। ‘त्यसैले अहिले बुवा ढुक्क हुनुहुन्छ,’ उनले गर्विलो भावमा भने।
    आमाको निधन हुँदा महर कक्षा ८ मा पढ्थे। ‘जहाँ गएर जे गरेपनि मेरा छोराले राम्रो काम गर्छ’ भन्ने आमाको भरोषायुक्त भनाईले उनलाई सधैं प्रेरणा र दायित्वबोध गराउँछ। उनी भन्छन्, ‘आमा हुनु भएको भए पक्कै खुशी हुनुहुन्थ्यो होला। र, भन्नुहुन्थ्यो होला, छोरा अघि बढ, अझै अघि बढ, तिमीलाई आर्शिवाद छ मेरो

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु