skip this
  • चितवन विशेष

    भरतपुरको भानुभक्त उच्च माध्यमिक विद्यालय इन्जिनियरिङ्ग हब बन्ने

  • भदौ ५:चितवन, भरतपुर

    जायश्वर आचार्य

    भरतपुर महानगरपालिका वडा नं १ पोखरा बसपार्क चितवन मा अवस्थित श्री आदिकवि भानुभक्त उच्च माध्यमिक विद्यालयलाई इन्जिनियरिङ शिक्षाको हबको रुपमा विकास गर्न लागिएको हो।
    विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद सापकोटाका अनुसार विद्यालयको अापटारी स्थित रहेको डेढ बिगाहा जग्गामा आधुनिक सुविधासम्पन्न भबन का साथसाथै अत्याधुनिक प्रयोगशाला सहितको इन्जिनियरिङ अध्यापन हुने भबन बन्न लागेको र यसको केही कामहरु पूरा भइसकेका छन् । यस विद्यालयमा यही शैक्षिक शत्रबाट सीटीईभीटि मातहतको ,डिप्लोमा ईन सिभिल इन्जनियरिङ सञ्चालनमा आएको छ। यसै सन्दर्भमा प्रधानाध्यापक सापकोटाले सिट सिमित रहेकोले सबै इच्छुक विद्यार्थीहरुलाई चाँडै नै विद्यालय प्रशासनमा सम्पर्क गर्न र आफ्नो सिट सुरक्षित गर्न आव्हान गर्नुभएको छ। अबका वर्षहरुमा अन्य  इन्जिियरिङ्ग संकाय का  साथसाथै विज्ञान संकाय पनि सञ्चालन हुने कुरा विद्यालयका प्रधानाध्यापकले जानाकारी दिनुभयो।

     

     

    यसैगरी विद्यालयमा यही माघ १५ गते स्वर्ण महोत्सवको आयोजना हुने कुरा पनि उहाँले हामीलाई जानकारी गराउनुभयो।उहाँले स्वर्ण महोत्सवको तयारी भइरहेको र स्वर्ण महोत्सवमा सहयोग गर्न सबैमा आग्रह गर्नुभयो।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु