skip this
  • नेपाल सेरोफेरो

    यातायात व्यवस्था विभागका अधिकांश स्मार्ट कार्ड प्रिन्टर बिग्रिए

  • भदौ ५: काठमाडौं

    यातायात व्यवस्था विभागका अधिकांश स्मार्ट कार्ड प्रिन्टर बिग्रिएका छन्।

    विभागमा भएको ९ वटा प्रिन्टरमध्ये एउटा पहिलेदेखि नै बिग्रिएको थियो भने बाँकी ४ वटाले पनि काम गर्न छोडेका छन्।
    कुनै पनि प्रिन्टरको आयु एक लाख कार्ड छाप्नसक्ने मात्र भएकाले पछिल्लो समय अधिकांश प्रिन्टरमा समस्या उत्पन्न भएको विभाग स्राेतले जानकारी दियाे।
    ‘पुराना प्रिन्टरमा समस्या आएको हो, यसलाई बनाए पनि फेरि बिग्रने सम्भावना उच्च हुन्छ” स्राेतले भन्याे।
    त्यस्तै गत असारको पहिलो साता ल्याएको चार वटा प्रिन्टरले अझै राम्रोसँग काम गर्न सकेका छैनन्। विभागले तय गरेको मापदण्ड अनुसार प्रिन्टरले काम नगरेकाले प्रिन्टरको भुक्तानीसमेत गरिएको छैन।
    चिप इन्कोडिङ (चिपमा विवरण भर्ने) र लेजर इन्ग्रेभिङ (कार्डमा विवरण लेख्ने) लगायतको काम अटोमेटिक हुनुपर्नेमा मेसिनले कार्ड सपोर्ट नगर्दा म्यान्अल्ली गर्नू परेकाे कर्मचारीहरूको भनाइ छ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु