skip this
  • चितवन विशेष

    रत्ननगर नगरपालिकाले बसपार्क निर्माण गरी ल्यायो सञ्चालनमा

  • भदौ :५ चितवन

    रत्ननगर नगरपालिकाले बसपार्क निर्माण गरी सञ्चालनमा ल्याएको छ । सौराहाचोक र टाँडीचोकको बीचमा रहेको पुलबाट उत्तरतर्फको सार्वजनिक जग्गामा नगरपालिकाले बसपार्क निर्माण गरेको हो । बसपार्कको एक समारोहका बीच प्रदेश नं ३ का भौतिक योजना तथा निर्माणमन्त्री केशब स्थापितले उद्घाटन गरेका छन् । स्थानीय तहको निर्वाचनपछि नगरपालिकाले बसपार्क निर्माण गरेको हो ।

    अव्यवस्थित पार्किङका कारण टाँडी बजार अस्तव्यवस्थ बनेपछि नगरपालिकाले बसपार्क निर्माण गरेको मेयर नारायण वनले बताए । टाँडीचोक,सौराहाचोक र बकुलहर चोकबाट ग्रामिण क्षेत्र चल्ने बस,टेम्पो,अटो र म्याजिक पार्किङ गरिने छ । नगरपालिकाले सार्वजनिक जग्गा संरक्षण गरी बसपार्क निर्माण गरिएको हो । व्यवसायीले अतिक्रमण गरेर प्रयोग गरिरहेको जग्गा फिर्ता गरेर सात कठ्ठामा बसपार्क निर्माण गरिएको मेयर नारायण वनले बताए । कार्यक्रममा बसपार्क निर्माणमा सहयोग गर्ने ६ जनालाई नगरपालिकाले सम्मान गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु