skip this
  • नेपाल सेरोफेरो

    पोखरा विमानस्थल निर्माणका लागि थप जग्गा अधिग्रहण नगर्ने: मन्त्री अधिकारी

  • ६ भदौ, पोखरा ।

       संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीले पोखरा विमानस्थल निर्माणका लागि थप जग्गा अधिग्रहण नगर्ने स्पष्ष्ट पारेका छन् ।
    बुधबार निर्माणाधीन विमानस्थलमा टर्मिनल भवन बनाउनको शिलान्यास गर्दै उनले विमानस्थलका लागि थप जग्गा आवश्यक नपर्ने भएकाले ढुक्क हुन पोखराबासीलाई आग्रह गरे ।
    जग्गा अधिग्रहण हुन्छ भनेर हल्ला नफिजाऔं, अब जग्गा अधिग्रहण हुँदैन, कुनै सामान्य कम्पोनेन्टका लागि जग्गा चाहिए स्थानीयलाई चित्त बुझाएर मात्र जग्गा खरिद हुन्छ, अब भ्रम र अन्यौलमा नबसौं’ उनले भने ।
    मन्त्री अधिकारीले रन-वे का लागि थप जग्गा आवश्यक नभएको समेत बताए । पोखराको भौगोलिक अवस्था अनुसार १९२ देखि २०० सिट क्षमताको जहाज मात्र उड्ने र त्यसका लागि अहिलेको २ हजार ५ सय मिटरको रन-वे नै पर्याप्त हुने मन्त्री अधिकारीको भनाइ छ । रन-वे बढाउँदैमा विमानस्थलको क्षमता नबढ्ने उनले दाबी गरे । विज्ञले भन्दैमा आत्तिइहाल्न नपर्ने बताउँदै उनले रन-वे बढाउने कुनै योजना नभएको बताए ।
    ‘यहाँको भौगोलिक धरातल नै यस्तो छ, ठूलठूला बोइङ उडाउन यहाँ सम्भव छैन, १९२ देखि २०० सिट क्षमताको जहाज त २५०० मिटरको रन-वे मा पनि मज्जाले आउँछ, त्यसैले थप जग्गा आवश्यक छैन र अधिग्रहण पनि गरिदैन ।’
    विमानस्थलका लागि पेट्रोल भण्डारण र हृयांगरका लागि जग्गा अधिग्रहण गर्ने हल्ला चलिरहँदा मन्त्री अधिकारीले भने अब कुनै पनि कामका लागि तत्काल जग्गा अधिग्रहण गर्न आवश्यक नरहेको बताएका हुन् । उनले पेट्रोल भण्डारण र हृयांगरका लागि जग्गा चाहिए अहिले विमानस्थलभित्रै बनाउन सकिने र थप जग्गा चाहिए स्थानीयलाई चित्त बुझाएर खरिद गर्न आफूले निर्देशन दिइसकेको जानकारी दिए।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु