skip this
  • चितवन विशेष

    क्रान्तिकारी युवा लिगले माग्याे स्वदेशमा नै राेजगारीकाे , माग पुरा नगरे अान्दाेलन गर्ने

  • प्रकाशित मिति : २०७५ भाद्र ६

     

    नेकपा (क्रान्तिकारी माओवादी) को युवा संगठन क्रान्तिकारी युवा लिग, नेपाल चितवन जिल्ला समितिले बेरोजगार युवाहरुलाइ स्वदेशमै रोजगारीको ग्यारेन्टीको माग गर्दै हस्ताक्षर संकलन अभियान सुरु गरेको छ। युवाहरूलाई स्वदेशमै रोजगारको व्यवस्था गरि स्वाधिन र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि दवाब स्वारुप हस्ताक्षर अभियानको आज भरतपुरमा एक कार्यक्रमका बीच पार्टीका जिल्ला सचीव क. अशोक शर्माले उद्घाटन गरेका थिए ।

    कार्यक्रममा बोल्दै क. शर्माले युवाहरूको सिर्जना शक्ति विदेशमा बेचेर शसकहरु आफ्नालागि सुविधाहरू थपिरहेका छन्, त्यसकारण युवाहरू संगठित हुनु पर्ने र व्यवस्थाविरुद्ध संघर्ष गर्नु पर्ने बताएका थिए । क्रान्तिकारी युवा लिगका जिल्ला संयोजक रामचन्द्र बिकले युवाहरूले उत्पादनमा सहभागी हुने र क्रान्तिकारी आन्दोलनमा सहभागी हुने आज आवश्यक भएको बताए ।

    बलात्कार र हत्याको शृङ्खला विरुद्ध बोल्दै क. अशोकले राज्य आतंकको पनि बिरोध गरे । कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) का नेताहरू क. विकास, क. दिवाकर न्यौपाने, किसान नेता प्रकाशबाबू खनाल, अखिल क्रान्तिकारीका के. स. दीपक पोख्रेल, जिल्ला अध्यक्ष कृष्ण सुनार, महिला नेत्री मधु बजगार्इ लगायतको उपस्थिति थियो ।

    आम मानिसले चासोका साथ कार्यक्रममा उत्साहपूर्वक सहभागिता जनाएको जिल्ला संयोजक रामचन्द्र बिकले जानकारी गराएका छन् । हस्ताक्षर आगामी भाद्र १७ सम्म जिल्लाव्यापी संकलन हुनेछ र ३ नं. प्रदेशका मुख्यमन्त्रीलाई बुझाइने जिल्ला संयोजक बिकले बताए ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु