skip this
  • चितवन विशेष

    अन्तर्राष्ट्रिय स्तरको बार टेण्डर कक्षा फोर्ब्स कलेजमा

  • भदौ:९ भरतपुर,चितवन
    जायश्वर आचार्य

    विगत एक वर्षदेखि नेपाल सरकार शिक्षा मन्त्रालयबाट स्वीकृती प्राप्त गरी चितवनमा नै यूरोपियन डिग्री दिनका लागि सञ्चालित फोर्ब्स कलेज क्षेत्रपुर ले बिगत 15 बर्ष देखि विश्वका विभिन्न देशका स्तरीय तारे होटलमा बार टेण्डर तथा प्रशिक्षकका रुपमा काम गरेका विष्णु गौतमद्वारा BHM का विद्यार्थीहरुलाई तीनदिने बार टेण्डर को कक्षा सञ्चालन गरेको छ। विभिन्न समयमा विभिन्न क्षेत्रका विशेषज्ञहरु द्वारा विद्यार्थीलाई प्रशिक्षण दिइने गरिएको र यस्ता कक्षा हरुले विद्यार्थीहरुलाई पछिल्लो समयमा सम्बन्धित क्षेत्रमा भएका परिवर्तनबारे ज्ञान प्राप्त हुने हुँदा पढाई सकिए पश्चात सो क्षेत्रमा काम गर्न जाँदा विद्यार्थीहरुलाई सजिलो हुने कुरा कलेजका प्राचार्य दीपक गौतमले जानकारी गराउनुभयो।

    हाल फोर्ब्स कलेजमा BHM तथा Bachelor in computer science (BCS) ,network technology and cyber Security मा दोस्रो ब्याजको लागि भर्ना खुलेको र प्लसटुमा प्रत्येक विषयमा थोरैमा D+ ग्रेड आएका विद्यार्थीहरुले BHM तथा BCS मा भर्ना गर्न सक्ने कलेजका स प्राचार्य हरिशरण पाठकले जानकारी गराउनुभयो।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु