skip this
  • चितवन विशेष

    चितवन जिल्लाकै नमुना प्राविधिक शैक्षिक गन्तव्य : हिमालय दण्डपाणि न्यौपाने माध्यमिक विद्यालय

  • भदौ:९ चितवन
    जायश्वर अाचार्य

    भरतपुर महानगरपालिका वडा नं १३ चम्पानगर मा अवस्थित हिमालय दण्डपाणि न्यौपाने माध्यमिक विद्यालय   चितवन जिल्लामा नै उत्कृष्ट प्राविधिक शिक्षा   लागि उचित गन्तव्यको रुपमा विकास हुन लागेको हो।

    गीतानगर बजारबाट १.५ किलोमिटर दक्षिणपूर्वमा अवस्थित यस विद्यालयमा प्राविधिक शिक्षालाई प्रोत्साहन गर्ने र शिक्षालाई वैज्ञानिक र व्यवहारिक बनाउने उदेश्यका साथ CTEVT मातहतको प्राविधिक शिक्षा अध्यापन गराउन लागिएको विद्यालयका प्रधानाध्यापक त्रिलोचन सापकोटाले एजुकेशन चितवन (ED chitwan) अनलाइन लाई जानकारी दिनुभयो।

    उहाँले भन्नुभयो हामीले विद्यार्थीहरु लाई कसरी पेसा,व्यवसाय र रोजगारीमा जोड्न सक्छौं त्यस कुरालाई नै ध्यानमा राखेर अध्यापन गराएका छौं। हाल उक्त विद्यालयमा Agriculture plant science diploma (3 yrs), JTA(18 month) र व्यवस्थापन संकायमा धमाधम विद्यार्थी भर्ना भइरहेका कुरा प्रधानाध्यापक सापकोटाले हामीलाई  जानकारी दिनुभयो। र सबै इच्छुक विद्यार्थीहरुलाई समयमा नै विद्यालय प्रशासनमा सम्पर्क राख्न र सिट सुरक्षित राख्न आब्हान गर्नुभयो।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु