skip this
  • फिचर

    यस्तो छ जनैपूर्णिमाको वैज्ञानिक महत्व: सुजल गिरी

  • भदौ: ९ चितवन

    सुजल गिरी

    हिन्दु धर्मको महान चाड पर्व मध्ये एक हो, जनैपूर्णिमा। हिन्दु दर्शनअनुसार जनैलाई ब्रह्मसूत्र अर्थात् ज्ञानको धागो पनि भनिन्छ। जनैका दुई शिखामध्ये एउटा शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को शिखाको डोरालाई कर्म, उपासना र ज्ञानका तीन योग मानिन्छ। सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी जोगाएका तथा वामन अवतार विष्णुले राजा बलिलाई डोरो बाँधी वचनबद्ध गराएर तीनै लोक लिएको धार्मिक किम्बदन्ती सँग पनि रक्षाबन्धनको सम्बन्ध जोडिएको छ।

       जनैपूर्णिमाको दिन जनै लगाउनेहरू पुरानो जनै फेरेर नयाँ जनै लगाउने गर्दछन् भने यस दिन हातमा बाँधेको रक्षाबंधन गाई तिहारको दिन गाईको पुच्छरमा बाँधिदिए मृत्युपछि वैतरणी नदी पार हुने जनबिश्वास छ।
    जनैपूर्णिमाको वैज्ञानिक कारणहरु:


    1. जनै लगाउनाले हाम्रो शरीरको पछाडीको भागमा जाने प्राकृतिक रेखा जसले विद्युत प्रवाहको रुपमा काम गर्छ यही विद्युत प्रवाह लाई नियन्त्रण गर्दछ जसले गर्दा काम क्रोधमा नियन्त्रित राख्न सजिलो हुन्छ।
    2.  जनै लगाउनाले पछाडीको नसामा दबाब पर्न गई कफको समस्याबाट राहत मिल्छ र पेट सफा हुनेबित्तिकै मन र शरीर दुवै सन्तुलित रहन्छ।
    3. जनै लगाउनाले रक्तप्रवाहलाई नियन्त्रण गर्छ जसले गर्दा हृदय रोगको कम सम्भावना हुन्छ।
    4. नकारात्मक ऊर्जालाई नियन्त्रित राख्दछ।
    5. हातमा बाँधिने पहेंलो र रातो डोरीले एक्यूप्रेशर को रुपमा समेत काम गर्दछ।
    6. ज्योतिषशास्त्रका अनुसार पहेंलो र रातो धागो लगाउनाले क्रमश ः बृहस्पति र सूर्य को सकरात्मक ऊर्जालाई शरीरभित्र प्रसारित गराउँदछ। ज्योतिषशास्त्रमा वृहस्पतिलाई ज्ञानको कारक र सूर्यलाई आत्माको कारक मानिएको छ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु