skip this
  • फिचर

    अखिलको मापदण्डः निजि स्कूल संचालक, जागिरे, विदेशिएका र जनप्रतिनिधिलाई विदाई

  • नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठनहरु एकीकरण कार्यदलले मापदण्ड र नामावली टुंग्याईरहेका बेला अनेरास्ववियुको मापदण्डले तरंग ल्याएको छ । शनिवार पूर्व एमाले भातृ संगठन अनेरास्ववियुको वैठक ललितपुरमा बसी विभिन्न मापदण्ड तय गरेको संगठनका उपाध्यक्ष सुनिता बरालले जानकारी गराउनुभयो ।

    हाल केन्द्रीय कमिटिमा रही विदेशमा भएकाहरुलाई अनिवार्य विदा गर्ने निर्णय गरेको छ । स्थायी कमिटिले सरकारी स्थायी जागिरेहरुलाई पनि विदा गर्ने निर्णय गरेको छ । यस्तै राज्यको सेवा सुविधा लिएर राजनीतिक नियुक्ति पाएकाहरुलाई पनि विदा गर्ने निर्णय गरेको छ । स्थानीय तह र प्रदेश तथा प्रतिनिधिसभाको जुनसुकै पदमा निर्वाचित जनप्रतिनिधिहरुलाई पनि अनिवार्य विदा गर्ने निर्णय भएको छ । नीजि स्कूल संचालक र अन्य जनवर्गीय संगठनको जिम्मेवारीमा रहेकाहरुलाई पनि विदा गर्ने निर्णय स्थायी कमिटिले गरेको छ ।

    संगठनको शुद्धीकरण र सुदृढीकरणका लागि पनि महत्वपूर्ण हुने गरी मापदण्ड बनाएकाले खाली हुने केन्द्रीय सदस्य पदमा राष्ट्रिय परिषद् सदस्य, विभागीय सचिवहरु, ठूला क्याम्पसका स्ववियु सभापति लगायत जिल्ला कमिटिका पूर्व अध्यक्ष तथा पदाधिकारीबाट मनोनित हुने पनि संगठनका महासचिव ऐन महरले बताउनुभएको छ । नविना लामाको अध्यषतामा बसेको वैठकमा इन्चार्ज रविन्द्र अधिकारीले विद्यार्थी संगठनको एकतामार्फत पार्टी एकताको प्रभावलाई जनतामा पुर्याउन महत्वपूर्ण भूमिका खेल्नुपर्ने औंल्याउनुभएको थियो ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु