skip this
  • फिचर

    बिम्स्टेक चौथो शिखर सम्मेलनका लागि विशिष्ट पाहुनाहरुको आगमन तालिका

  • काठमाडाैं ।

    बिम्स्टेक चौथो शिखर सम्मेलनका लागि विशिष्ट पाहुनाहरुको आगमन सुरु भएसँगै देशको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलका नियमित उडानहरु मंगलबारदेखि नै प्रभावित हुने भएका छन् ।

    बिम्स्टेक शिखर सम्मेलन बिहीबार काठमाडौंमा आयोजना हुँदैछ । जसका लागि ६ मुलुकका सरकार तथा राष्ट्रप्रमुख नेपाल आउँदैछन् ।

    सम्मेलनका लागि नेपाल आउने पहिलो भीआईपी पाहुनाका रुपमा म्यानमारका राष्ट्रपति विन मायन्ट आज अपराह्न नेपाल आउँदै हुनुहुन्छ । उहाँ सवार विशेष दिउँसो पौने तीन बने त्रिभुवन बिमानस्थलमा अवतरण गर्नेछ । त्यसबीचमा दिउँसो साढे २ देखि तीन बजेसम्म नियमित उडान बन्द रहने बिमानस्थलका प्रमुख राजकुमार क्षेत्रीले जानकारी दिनुभयो ।

    बुधबार दुई मुलुकका सरकार तथा राष्ट्रप्रमुख नेपाल आउँदैछन् । बिहान ८ बजे भुटानका प्रधानन्यायाधीश तथा अन्तरिम मन्त्रीपरिषदका प्रमुख सल्लाहकार छिरिङ वङचुक तथा दिउँसो साढे २ बजे श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना नेपाल आइपुग्नेछन् । उनीहरुको आगमनको समयमा आधा घण्टा विमानस्थलको नियमित उडान बन्द रहनेछ ।

    सम्मेलनकै दिन अर्थात बिहीबार बिहान तीन मुलुकका सरकार प्रमुख नेपाल आइपुग्नेछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना र थाइल्याण्डका प्रधानमन्त्री प्रायुध चान ओ चा को अवतरणका क्रममा बिहान साढे २ घण्टा बिमानस्थलका नियमित उडान बन्द रहने प्रमुख क्षेत्रीले जानकारी दिनुभयो ।

    नियमित उडान प्रभावित हुने भएकाले विमानस्थल प्रशासनले २४ घण्टा नै विमानस्थल खुल्ला राख्ने निर्णय गरिसकेको छ । बिभिन्न राष्ट्रका सरकार तथा राष्ट्रप्रमुखको आगमनका बेला आधा घण्टा बिमानस्थलको नियमित उडान बन्द गर्ने निर्णय विमानस्थल प्रशासनले गरेको छ ।

    साथै त्रिभुवन विमानस्थलमा हवाई यात्रुबाहेक अन्यलाई प्रवेश गर्न निषेध गरिएको छ । विमानस्थलमा एक्लै जान सक्षम रहेका व्यक्तिलाई साथमा अन्य आफन्त तथा साथिभाई लिएर नआउन विमानस्थल प्रशासनले आग्रह गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु