
भरतपुर महानगरपालिकाको छात्रवृत्ति सम्बन्धी कार्यविधि को विरोध गर्दै विद्यार्थी संगठनहरु ले संयुक्तरुपमा बुझाए प्रेस विज्ञप्ति


भाद्र १२: भरतपुर,चितवन
जायश्वर आचार्य
भरतपुर महानगरपालिकाको छात्रवृत्ति सम्बन्धी कार्यविधि को विरोध गर्दै तीनवटा विद्यार्थी संगठनहरु ले संयुक्तरुपमा प्रेस विज्ञप्ति बुझाएका छन्।
प्रत्येक निजी कलेजहरुले १०% विद्यार्थीलाई अनिवार्य रुपमा छात्रवृत्ति उपलब्ध गराउनुपर्ने भएतापनि यसो गरेको नपाइएको र कार्यविधि बनाउन संलग्न जनप्रतिनिधिहरु नै शैक्षिक माफिया संग मिलेको आरोप विद्यार्थी संगठन हरुले लगाएका छन्।



उक्त बनेको कार्यविधिका केही बुँदाहरु परिमार्जन हुनुपर्ने र कार्यविधि कार्यान्वन गर्दा विद्यार्थी संगठन संग समनवय गरिनुपर्ने माग विद्यार्थी संगठनहरूको रहेको छ।