skip this
  • चितवन विशेष

    सप्तगण्डकी बहुमुखी क्याम्पस पत्रकारिताकाे केन्द्रीय क्याम्पस : प्रमुख सापकाेटा

  • भदौ: १२ भरतपुर,चितवन
    जायश्वर आचार्य

    सप्तगण्डकी बहुमुखी क्याम्पसमा कक्षा 12 मा पत्रकारिता विषय अध्ययन गर्ने विद्यार्थीहरूले कक्षा 11 मा पत्रकारिता विषय अध्ययन गर्ने नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गरेका छन्।
    भदौ 12 गते कलेज परिसरमा नै सम्पन्न कार्यक्रम को अध्यक्षता पत्रकारिता विषयका प्राध्यापक मधुसुदन दावाडीले गर्नुभएको थियो।भने उक्त कार्यक्रमको प्रमुख अतिथिको रुपमा सप्तगण्डकी बहुमुखी क्याम्पस प्रमुख खेम नारायण सापकोटा रहनुभएको थियो।
    कार्यक्रमका प्रमुख अतिथी सापकोटाले सप्तगण्डकी बहुमुखी क्याम्पस अाम सन्सचार तथा पत्रकारिता विषयकाे केन्द्रकाे रूपमा रहेकाेले पत्रकारिता लाइ विशेष महत्वका साथ सप्तगण्डकी बहुमुखी क्याम्पसमा अध्यापन गराइएकाे जानकारी गराउनु साथै   सम्पुर्ण नवआगन्तुक विद्यार्थीहरुलाई उत्तर प्रगतिको कामना र सुखद भविष्यको शुभकामना दिनुभएको थियो। भने कार्यक्रमका अध्यक्षता गर्नु भएका  दवाडीले पत्रकारिताको क्षेत्रको बारेमा र पत्रकारिताको विशेषताको बारेमा जानकारी गराउनुभएको थियो। कार्यक्रममा कलेजका प्राध्यापकहरु दीपेन्द्र अधिकारी र मञ्जिमा ढकालले सहजिकरण गरेका थिए ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु