skip this
  • चितवन विशेष

    कालिका नगरपालिकामा रहेकाे खानेपानी समितिमा व्यापक भ्रष्टाचार

  • भदौ: १२ कालिका,

    चितवन
    जायश्वर आचार्य

    कालिका नगरपालिका वडा नम्बर ३ मा रहेको विजय टोल सिँचाइ तथा खानेपानी डिप बोरिङ मा व्यापक भ्रष्टाचार भएको छ।
    मिति २०७३ /२/२८ गते अध्यक्ष भएका कालिका नगरपालिका वडा नं ३ स्थायी बसोबास भएका तुल बहादुर बीक (दिनेश)ले उक्त सिचाइ तथा खानेपानी डिप बोरिङ मा भ्रष्टाचार गरेको त्यस संस्थाका अन्य सदस्यहरुले एजुकेशन चितवन अनलाईन लाई जानकारी दिएका छन्। आरोपी तुल बहादुर विक ले व्यापक विरोध र घर घेराउ भएपछिमात्र संस्थाको साधारणसभा गरेको स्थानीयले जानकारी दिएका छन् र उनले नक्कली रसिद बनाएर  रसिद पास नै नगरी ३ लाख २७ हजार २ सय ४ रुपैयाँ भ्रष्टाचार गरेका हुन्। अहिले यो संस्थामा २२८ जना उपभोक्ताहरु रहेका छन्।आरोपी विक ले अध्यक्षमा हिरालाल थिङ निर्वाचित भएको भोलिपल्ट सेञ्चुरी बैंक बाट पून नगद ७०००० निकालेका हुन् त्यस्तै उनले सिँचाइ को लागि विनियोजित नगद रु ७७ हजार ३ सय ४० रुपैयाँ पनि भ्रष्टाचार गरेका छन्। उनले पटकपटक गरी ४ लाख ७५ हजार ५ सय ४४ रुपैयाँ भ्रष्टाचार गरेको स्थानीयहरूले सम्पूर्ण शेयर सदस्यहरूले पुष्टि गरेका छन्।

    अाराेपित तुल बहादुर विक

    उनी अहिले फरार रहेको र कसैले सम्पर्क गर्दा पनि फोन रिसिभ नगर्ने र गरिहालेमा कहिले पोखरा कहिले काठमाडौँ रहेको कुरा जानकारी गराउने गरेको सूचना उपभोक्ताले हामीलाई दिएका छन्। हालका अध्यक्ष हिरालाल थिङलाई आरोपी विक ले आफू नेकपा को प्रस्तावित जिल्ला सदस्य रहेको भन्दै धम्की दिने गरेका छन्। उपभोक्ताहरुले यस घटनाको उजुरी कालिका नगरपालिका र सम्बन्धित वडा कार्यालयमा दिएका छन्।

    हाम्रो अनलाईन का प्रधानसम्पादक सुशन पौडेलले ३ नं वडाका वडाध्यक्ष टीका रिजाललाई सम्पर्क गर्दा उहाँलाई यस घटनाको बारेमा जानकारी भएको र संस्था दर्ता नभएको कारणले कारबाही गर्न नसकेको कुरा वडा अध्यक्षले जानकारी गराउनुभयो। वडाध्यक्ष रिजालले संस्था दर्ता गरेर आउन अनुरोध गरेको जानकारी गराउनुभयो र आरोपी व्यक्तिलाई सामाजिक कारबाही हुने कुरा पनि जानकारी गराउनुभयो।
    भ्रष्टचारमा आरोपित तुल बहादुर विक यस भन्दा पहिला पनि पृथ्वी मा वि को अध्यक्ष हुँदा अख्तियारले भष्ट्रचार को अभियोग मा समातेर कालोसूचीमा परेका व्यक्ति हुन्।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु