
बोर्डिङ स्कुलका प्रिन्सिपलले छात्राहरूलाई गरे अभद्र व्यबहार र बलात्कारको कोसिस


भदौ:१३
बुटवल
जायश्वर आचार्य
ज्ञानपुन्ज सेकेन्डरि ईङ्गलिस बोर्डिङ स्कुल बुटवल ११, नहरपुर का प्रिन्सिपल तोयाराम पौडेलले स्कुलका छात्राहरूलाई अभद्र व्यबहार र बलात्कार को कोसिस गरेका हुन्।



प्रिन्सिपल पौडेल ले स्कुलका छात्राहरूलाई अभद्र व्यबहार गर्ने, गोप्य अङ्गहरु छुने, छात्राबासका छात्राहरूलाई राती एक्लै बोलाएर बलात्कार प्रयास गरेको अभिभावक द्वारा आरोप लगाएका छन्। र अभिभावक हरुले विद्यालय घेराउ गरेका छन्।अभिभावक हरुको विरोध पछि प्रिन्सिपल पौडेल फरार भएका हुन्।
प्रहरी विद्यालयको सुरक्षा खटिएको अभिभावकहरुको आरोप छ। पौडेल यसअगाडि पनि यस्तै केशहरुमा समातिएर पैसा दिएर मिलाएको अभिभावकको गुनासो रहेको छ। अहिले विद्यालय बन्द रहेको छ र सम्पूर्ण अभिभावक हरु आक्रोसित रहेका छन्। दोषीलाई सामाजिक कारबाही गर्नुपर्ने र कडा कानूनी कारबाही गर्नुपर्ने माग अभिभावकहरुको रहेको छ।