
यस्ताे बन्दै नारायणीकाे पुल


भदौं १३- नारायणगढ र गैँडाकोटलाई जोड्ने गरी बन्न लागेको सिग्नेचर ब्रिजबारे नेपाली इञ्जिनियरहरुलाई सिकाउन चिनियाँ इञ्जिनियर नेपाल आउने भएका छन् ।नेपालमै पहिलो पटक यस्तो पुल निर्माण गर्न सडक विभागले विश्व प्रसिद्ध चिनियाँ इन्जिनियर चेनलाई एक साताभित्र नेपाल ल्याउन लागेको जनाएको छ । मासिक रुपमा १८ लाख रुपैयाँ तलब लिने इन्जिनियर चेनले पुलको डिजाइन सिकाउने छन् । उनी आएपछि पुलको डिजाइनको काम अघि बढ्नेछ ।गत साता विश्व बैंकले सिग्नेचर ब्रिजको डिजाइनकालागि ३० लाख डलर दिने सहमति दिएको सडक विभाग पुल महाशाखाका सिनियर इन्जिनियर नरेन्द्रमान शाक्यले बताए । सहमतिसँगै चितवनको नारायणी नदीमा पनि सिग्नेचर पुल बनाउने प्रक्रिया अघि बढ्ने भएको छ । इन्जिनियर शाक्यका अनुसार डिजाइन र वातावरणीय प्रभाव मूल्याङकन रिपोर्ट तयार पारिएपछि विश्व बैंकसँग पुल निर्माण गर्नकालागि सम्झौता हुनेछ । विश्व वैंकले सिग्नेचर व्रिज निर्माण गर्नका लागि १० अर्ब रुपैयाँ सहुलिय ऋण दिन लागेको हो ।
समाचार सहयाेग www.synergyfm.com


