skip this
  • फिचर

    नेबिसंघ अक्सफोर्डमा नयाँ कार्यसमिति

  • भदौ: १५   गैंडाकोट / नवलपुर,

    जायश्वर आचार्य

    नेपाल विद्यार्थी संघ अक्सफोर्ड कलेजमा निरज तिवारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ । नेपाल विद्यार्थी संघ नवलपरासी ( बर्दघाट सुस्ता पुर्ब) का अध्यक्ष राजेश पौडेलको प्रमुख आतिथ्यतामा सप्पन्न अधिबेशनले उपाध्यक्षमा सागर प्रसाईं र बिशाल कोइराला लाई चयन गरेको छ भने सचिवमा सुजल गिरि चयन हुनुभएको छ ।

    त्यस्तै कोसाध्यमा शक्ति उपाध्याय र सह सचिबमा अजय यादव , सम्राट सिह ठकुरी , सुदिप कोइराला,सफल श्रेष्ठ , अन्जान अधिकारि सहितको ५१ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको सचिब सुजल गिरिले जानकारी दिनुभयो ।

    नेबिसंघ पुर्ब केन्द्रिय सदस्य गोकुल सापकोटा , नेबिसंघ जिल्ला सदस्य सरोज चालिसे , नेबिसंघ नवलपुर क्षेत्र नम्बर १ का सह सचिब श्याम बन , तरुण दल नवलपुर जिल्ला उपाध्यक्ष मीन घले ,जिल्ला सदस्य प्रकाश परियार,गैंडाकोट वडा नं २ का वडा सदस्य प्रकाश सापकोटा लगायतको उपस्थिति रहेको कार्यक्रम अक्सफोर्ड कलेजका नेबिसंघ अध्यक्ष सुशील काफ्लेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु