
नेवि संघ चितवनकाे विवाद उत्सर्कमा, लेटर प्याडकाे दुरूपयाेग भएकाे अाराेप


भरतपुर,चितवन
नेपाली कांग्रेस निकट विधार्थी संघठन नेपाल विधार्थी संघ चितवनकाे विवाद उत्सर्कमा पुगेकाे छ । नेवि संघ अध्यक्ष सुर्य ढकालकाे हस्ताक्षर गरीएकाे एक विज्ञप्तिमा सहिद स्मृति बहुमुखी क्याम्पस टाडी, मैया देवी बहुमुखी क्याम्पस र सप्तगणडकी बहुमुखी क्याम्पस भरतपुरमा क्रमश विवेक उदाश, सिमा अधिकारी, र किरण क्षेत्रि लार्इ इकाइ अध्यक्षकाे जिम्वेवारी दिए पश्चात नेवि संघकाे विवाद उत्कर्षमा पुगेकाे हाे । उसाेत यी क्याम्पस हरूकाे नेवि संघका इकाइ हरूमा नयाँ जिम्वेवारी दिनु अवैधानिक रहेकाे नेवि संघका प्रभावशाली नेता प्रमेश्वर खनालले जानकारी दिनु भयाे । चितवन नेवि संघमा अहिले दुइ अध्यक्ष सुर्य ढकाल र अरूणेश्वर खनालकाे विवाद रहेकाेले दुवै अध्यक्ष लार्इ नेवि संघ चितवनले नमाने जानकारी प्रमेश्वर खनालले दिनु भएकाे छ । याे निर्णयकाे विरूद्दमा तिनै वटा क्याम्पसका विधमान अध्यक्ष हरूले संयुक्त विज्ञप्ती निकालेका छन । सप्तगणडकीका अध्यक्ष राजेश भुषाल, सहिद स्मृतीका अध्यक्ष अनुप थापा , मैया देवीकी अध्यक्ष प्रमिशा गुरूङकाे हस्ताक्षरीत विज्ञप्तीमा नेवि संघ चितवन विवादीत रहेकाे कुरा स्विकार्दै नैतिक रूपाम पतन केही व्यक्तिकाे नाममा नेवि संघकाे लेटर प्याड प्रयाेग गरी अाएकाे पत्र कुनै पनि अाधिकारीक नभएकाे उल्लेख गरिएकाे छ। साथै नेवि संघकाे विधि विधान विपरीत संगठलाइ अांच अाउने काम नर्गन चेतावनी दिइएकाे छ । यस्ता गतिवीधीले नेवि संघकाे मान मर्यादा माथी साेझै प्रहार गरेका कारण त्यस्ता गतिवीधी गर्नेकाे विरूद्द् सधैँ सर्घश गर्न अाँफु हरू सँधै तयार रहेकाे नेवि संघ सप्तगणडकीका अध्यक्ष राजेश भुषालले बताउनु भयाे ।
विज्ञप्तीकाे पुरा पाठ



यता जिल्ला अध्यक्ष सूर्य ढकालले भने तीनै जना विद्यार्थी हरुलाई नयाँ जिम्मेवारी दिएका हुन् । ती क्याम्पसहरुमा लामो समयदेखी नेविसंघ इकाई समितिको नेतृत्व कार्यवाहकको भरमा चलेको भन्दै नेविसंघको विधान २०२७ (संशोधित एवंम परिमार्जित २०७३) बमोजिम तीन जनालाई नै अध्यक्षको जिम्मेवारी प्रदान गरिएको अध्यक्ष ढकालले छुटा छुटटै विज्ञप्ती जनाएका छन ।
।
अध्यक्ष ढकालले नवनियुक्त अध्यक्षहरुलाई नेविसंघका सबै विद्यार्थीहरुलाई समेटेर नेविसंघको विधिविधान र मूल्यमान्यतालाई आत्मसाथ गरी सांगठनिक गतिविधिहरु अगाडि बढाउन निर्देशन दिएका छन् ।