
बालकुमारी कलेजमा १० सुत्रीय माग राख्दै लाग्याे ताला,


तस्विर सभार नारायणी अनलाइन
विगत लामाे समय देखीकाेे माग पुरा नभएकाे भन्दै स्नातक तहमा नँया भर्ना नजिकैदै गर्दा संयुक्त पाँच विद्यार्थी संगठनद्वारा बालकुमारी कलेजमा १० सुत्रीय माग राख्दै मंगलबार क्याम्पस प्रमुख र सञ्चालक समितिको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।



तालाबन्दी गर्ने संयुक्त विद्यार्थी संगठनहरुमा तत्कालीन एमाले निकट अनेरास्ववियु, तत्कालीन माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारी, नयाँ शक्ति निकट नयाँ शक्ति विद्यार्थी युनियन, वैद्य निकट अखिल क्रान्तिकारी र विप्लव निकट अखिल क्रान्तिकारी रहेका छन् । शैक्षिक सुधारका निमित्त र कलेजमा देखिएका समस्याहरुलाई तत्कालरुपमा समाधान गर्न कलेज प्रशासन समक्ष बारम्बार कुरा राख्दा बेवास्ता गर्ने, प्रशासनले विद्यार्थी संगठनसँग बारम्बार सहमति गर्ने र त्यसको कार्यान्वयन कलेज प्रशासनबाट नै नहुने हुँदा ताला लगाउन बाध्य भएको विधार्थी नेता हरूले जनाएका छन् ।